बैतडी । करेन्ट लागेर आज यहाँ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका-३ गिरीबगर निवासी केशव कोलीका १३ वर्षीय छोरा किरण कोली रहेको प्रहरीले जनाएको छ ।
आज दिउँसो स्थानीय डिन्नीगाड खोलामा बालुवा सङ्कलन गर्न गएका किरणले नजिकै रहेको विद्युत् पोलमा छुन पुगेपछि करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
उहाँलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।










