२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित

प्रधानमन्त्री ओलीबाटै वर्तमान शासन व्यवस्थामाथि खतराः महासचिव देव गुरुङ

प्रधानमन्त्री ओलीबाटै वर्तमान शासन व्यवस्थामाथि खतराः महासचिव देव गुरुङ
अ अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले वर्तमान शासकीय प्रणालीमाथि नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाटै खतरा रहेको आरोप लगाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले व्यवस्थामाथि हरेक दिन आक्रमण गर्दै आउनुभएको आरोप लगाउनुभएको हो ।  पार्टी फुटाउने, राज्यका अंगहरु छिन्नभिन्न बनाउने काममा लागेको जिकिर गर्नुभयो । उहाँले अहिलेको प्रश्न ०८४ मा निर्वाचन हुन्छ की हुँदैन भन्ने भन्दा पनि अहिलेको व्यवस्था बँच्छ की बँच्दैन भन्ने चिन्ताको विषय रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग काठमाडौंमा कुराकानी गर्दै महासचिव देव गुरुङले यो सदन ०८४ सम्मै सुचारु हुनसक्नेमा पनि आशंका व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओली एवं नेकपा एमाले अध्यक्ष शान्ति सम्झौताको विपक्षमा रहनुभएका  व्यक्ति भएकोले उहाँको सोच वर्तमान व्यवस्था जोगाउनेतिर नरहेको आरोप लगाउनु भयो । लोकतन्त्र, संविधान, राष्ट्रियतालाई रक्षा गर्नुपर्छ भन्ने मोडलमा सबै राजनैतिक दल आगाडी गए मात्र अहिलेको व्यवस्था बच्ने बताउनु भयो । अहिलेको लडाईं व्यवस्था जोगाउनका लागि हुनुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले कुनैपनि बेला शक्तिकेन्द्रको उक्सावटमा आएर व्यवस्थामाथि प्रहार गर्नसक्ने आरोप लगाउनु भयो । उहाँले ०८४ सम्म वृहत्तर कम्युनिष्ट एकीकरण हुने पनि बताउनु भयो । कम्युनिष्टहरु नै मुलुकमा पहिलो ठूलो पार्टी बन्ने बताउनु भयो ।

महासचिव गुरुङले भन्नुभयो,‘०८४ सम्म पुग्दा वृहत्तर रुपमा कम्युनिष्ट एकीकरण हुनेवाला छ । एकतावद्ध हुन्छ । आउँदो ०८४ को निर्वाचनमा मुलुकमा फस्र्ट पार्टी बन्ने र बनाउने प्रक्रियामा माओवादी पुग्छ । अहिले फस्र्ट पार्टी हुन्छ की हुँदैन भन्ने प्रश्न भन्दा पनि ०८४ मा चुनाव हुन्छ की हुँदैन, यो व्यवस्था बँच्छ की बच्दैन । यो सदन बँच्छ की बँच्दैन भन्ने चिन्ताको विषय हो । यो व्यवस्था बँच्छ की बँच्दैन भन्नेमै च्यालेन्ज छ । अहिलेको लडाईं त त्यहाँ केन्द्रित छ त । वृहत शान्ति सम्झौताको विपक्षमा रहेको अभिमत भएको एमालेको नेतृत्व अहिले सरकारको नेतृत्व छ । उहाँको सोच र विचारको हिसावले हेर्दा दोबाटोमा छ । डेकमोक्रेसीलाई रक्षा गर्नुपर्छ, संविधानको रक्षा गर्नुपर्छ, राष्ट्रियतालाई रक्षा गर्नुपर्छ भन्ने मोडलमा गयो भने यो व्यवस्था बँच्छ, ०८४ मा चुनाव पनि हुन्छ, होइन उहाँको संकीको आधारमा पदप्रतिष्ठाको लागि कतिपय शक्ति केन्द्रको उक्सावटको आधारमा यो व्यवस्थामाथि प्रहार हुन सक्दैन भनेर भन्न सकिँदैन । दुई दुई पटक प्रहार भएको इतिहास छ ।’

महासचिव गुरुङले व्यवस्थापिक संसद समय समयमा बलीको बोको भइरहेको बताउनु भयो । प्रणालीमाथि अहिले पनि ठूलो जोखिम रहेको बताउनु भयो ।