७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता

शर्माविरुद्ध पड्किए प्रचण्ड, जनार्दनले आज के गर्लान् ?

शर्माविरुद्ध पड्किए प्रचण्ड, जनार्दनले आज के गर्लान् ?
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रमा कलह बढेको छ । अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीच टकराव बढेको हो । पदारीकारी बैठककमै अध्यक्ष दाहालले उपमहासचिव शर्मालाई पार्टी नीतिविपरित अभिव्यक्ति नदिन चेतावनी दिएका छन् ।

अध्यक्ष दाहालले उपमहासचिव शर्मालाई सार्वजनिक मञ्चमा फरक मत राखेको विषयमा सचेत गराएका छन् । पार्टीमा अन्तरसंघर्ष बढिरहेकै बेला हिजो सुरु स्थायी समिति बैठकमा दाहालले आफ्नो विचार आन्तरिक बैठकमा राखेर समाधान गर्न सकिने भन्दै सचेत गराएका हुन् ।

दाहालले जे मत छ, पार्टीभित्र राख्न उपमहासचिव शर्मालगायत नेतालाई निर्देशन दिएका छन् । पार्टीको विधि र पद्धतिभित्र सबै रहनुपर्ने र कसैले पनि बाहिर बोल्नु राम्रो नहुने उनको भनाइ थियो । उनले पार्टीभित्र विरोध गर्न भने पाइने बताएका थिए ।

अध्यक्ष दाहालले स्वार्थ समूहको उक्साहटमा नलाग्न नेताहरुलाई आग्रह गरेका छन् । कतिपय नेताहरु स्वार्थ समूहको उक्साहटमा लाग्दा पार्टीमा अन्तरविरोध भएको उनको बुझाइ छ । नेतृत्व परिवर्तन गर्ने भए महाधिवेशन गर्न उनले चुनौती थिए ।

दाहालले बैठकमा गरेको सम्बोधनमार्फत् राखेका राजनीतिक प्रस्तावमा आजदेखि स्थायी समिति बैठकमा छलफल हुने छ । आजको छलफलमा उपमहासचिव शर्माले पार्टी नेतृत्व, विधि र पद्धतिबारे सार्वजनिक रूपमा आफूले उठाएका प्रश्नबारे धारणा राख्ने तयारी गरेका छन् । उनले लामो समयदेखि नै विशेष महाधिवेशन गरी पार्टी पुनर्निर्माण, नेतृत्व हस्तान्तरण, आन्तरिक लोकतन्त्रको विषय सार्वजनिक रूपमै उठाउँदै आएका छन् । ‘हेडक्वार्टर’ नजिकका नेताबाटै पार्टी फुटाउन खोजेको आरोप आफूमाथि लगाइएको उनको भनाइ छ ।

उपमहासचिव शर्माले अध्यक्ष दाहालको कार्यशैलीप्रति प्रश्न उठाएपछि माओवादीमा केन्द्रदेखि जिल्ला तहसम्म ध्रुवीकरण देखिएको छ । सार्वजनिक रूपमा पार्टी पुनर्गठन, नेतृत्वको कार्यशैलीप्रति खरो आलोचना भएपछि संस्थापन पक्षका नेता तथा कार्यकर्ताले शर्माविरुद्ध सामाजिक सञ्जालमा अभियान नै चलाएका छन् । शर्मा पक्षका नेता–कार्यकर्ताले त्यसको प्रतिवाद गरिरहेका छन् ।

आजको स्थायी समिति बैठकमा अन्य नेताहरुले पनि आ–आफ्ना विषयमा धारणा राख्ने छन् । उनीहरुले एक–अर्कोपक्षमाथि आरोप प्रत्यारोप त गर्ने तयारी गरेका छन् नै आ–आफ्ना गुनासोको पोका पनि खोल्ने छन् ।