२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित

सबै एकजुट भएर अघि बढ्ने हो भने बहुमत ल्याउन सकिन्छः देउवा

सबै एकजुट भएर अघि बढ्ने हो भने बहुमत ल्याउन सकिन्छः देउवा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा समावेशी लोकतन्त्र रहेको बताउनुभएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालको संविधानले महिला, आदिवासी, जनजाति, दलित सबैलाई जोडेको उल्लेख गर्नुभयो । उहाँले समावेशी संविधानका बाबजुत कुनैपनि पार्टीको बहुमत नआउने अवस्था रहेको बताउनु भयो । उहाँले कुनै न कुनै पार्टीसँग मिलेर सरकारमा जानुपर्ने स्थिति संविधानले निर्माण गरेको बताउनु भयो । तर सबै एकजुट भएर अघि बढ्ने हो भने बहुमत ल्याउन पनि सकिने बताउनु भयो ।

सभापति देउवाले भन्नुभयो, ‘यो देशका सबैलाई जोड्ने किसिमको संविधान छ । यसमा महिलाहरु, दलित, जनजाति, आदिवासी सबैलाई प्रतिनिधित्व राखेको छ । हाम्रो देशमा समावेशी लोकतन्त्र भन्दा हुन्छ । यस्तो राम्रो व्यवस्था छ । एउटा समस्या छ । समस्या के हो भने यो संविधानले गर्दा कुनैपनि पार्टीको बहुमत आउँदैन । कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने हुन्छ, कुनै न कुनै पार्टीसँग मिलेर सरकारमा जानुपर्ने हुन्छ । कुनैपनि पार्टीको स्पष्ट बहुमत आउँदैन । तैपनि पार्टी एक भएर अघि बढेको खण्डमा बहुमत आउन पनि सक्दछ । सबै मिलेर हामी हिँड्यौँ भने हाम्रो देश अघि बढ्न सक्छ । समावेशितामा आधारित सबैको देशको रुपमा स्थापित भएको छ ।’

सभापति देउवाले नेपालका थारु समुदायहरु जुनसुकै अफ्ठ्यारो परिस्थितिमा पनि देशप्रति इमान्दारिताका साथ अघि बढेको बताउनु भयो ।