५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्ध नेपाल र सुखी नेपाली बनाउने भन्दा अर्को पवित्र उद्देश्य छैनः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपाली बनाउने भन्दा ठूलो लक्ष्य अर्को हुन नसक्ने बताउनुभएको छ ।

शुक्रवार भक्तपुरमा आयोजित वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने बाटोमा सरकार लागिरहेको बताउनु भयो । उहाँले नेपाललाई समृद्ध र जनतालाई सुखी बनाउने लक्ष्य भन्दा पवित्र लक्ष्य अर्को हुन नसक्ने बताउनु भयो । नेपाललाई समृद्ध आधुनिक देश बनाउने, नेपाली जनतालाई सुखी जनता बनाउने भन्दा ठूलो र महान अर्को गन्तव्य हुन नसक्ने उहाँको भनाइ छ । त्यसका लागि सरकारले स्वास्थ्य क्षेत्रमा निरोगी नेपालको लक्ष्य राखेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने बाटोमा अघि बढेका छौँ । हामी नेपाललाई समृद्ध बनाउन चाहन्छाँै, आधुनिक बनाउन चाहन्छौँ । विकसित बनाउन चाहन्छौँ । यहाँका जनतालाई सुखी बनाउन चाहन्छौँ । यो भन्दा ठूलो र पवित्र उद्देश्य हुन सक्दैन । यो महानतम उद्देश्य हो । यो भन्दा ठूलो अर्को उद्देश्य हुन सक्दैन । नेपाललाई समृद्ध आधुनिक देश बनाउने, नेपाली जनतालाई सुखी जनता बनाउने भन्दा ठूलो र महान अर्को गन्तव्य हुन सक्दैन । जसलाई गन्तव्य बनाएर हामी अघि बढेका छौँ । त्यस गन्तव्य प्राप्त गर्नका लागि हामीले स्वास्थ्य क्षेत्रमा निरोगी नेपालको गन्तव्य राखेका छौँ । नेपाल निरोगी जनताको, निरोगी पशुपंक्षीहरुको, वनस्पतिहरुको, निरोगी माछा, चरा, चुरुंगी आदि सबैको निरोगी नेपाल हुनुपर्छ । जहाँ कुनै किसिको विषादी खान नपरोस् ।’

प्रधानमन्त्री ओलीले रोग लाग्नै नदिने वातावरण सिर्जना गर्नुपर्ने बताउनु भयो ।