२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

माधवको नेकपा एस त्यागेर एमालेमै फर्किए बागमती प्रदेश र पेशागत कमिटीका चर्चित नेता–कार्यकर्ता

माधवको नेकपा एस त्यागेर एमालेमै फर्किए बागमती प्रदेश र पेशागत कमिटीका चर्चित नेता–कार्यकर्ता
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का बागमती प्रदेशका नेताहरु आफ्नो मुलघर नेकपा (एमाले)मै फर्किएका छन् ।

यसरी फर्कनेमा पेशागत महासंघ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष डा. लछी सिंहसहित मकवानपुर इन्द्रसरोवर गाउँपालिकाका अधिकांश नेताहरु रहेका छन् ।

पालिका कमिटी अध्यक्ष मनबहादुर स्याङ्तान, उपाध्यक्ष गुणराज रुम्बा, उपसचिव उमेश बस्नेत, सचिवालय सदस्यहरु जगत स्याङतान, दिपेश थोकर, अनिल रुम्बालगायत छन् ।

नेकपा एमाले केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेल, बागमती इञ्चार्ज डा. राजन भट्टराई, एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलासहितका नेताहरुले उनीहरुलाई पार्टीमा खादा लगाएर स्वागत गरे ।

कार्यक्रममा पेशागत महासंघका १३ वटा जिल्ला अध्यक्षसमेत एमालेमै फर्किएको जानकारी दिइएको थियो ।

सो अवसरमा स्वागत गर्दै एमालेम हासचिव शंकर पोखरेलले नेताहरु नै पार्टी विभाजन गलत थियो भन्ने निष्कर्षमा पुगिसकेको बेला एमालेमै फर्कने निर्णय सही रहेको भन्दै अब देशभर यही अभियान चलाउन सुझाव दिए ।