४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधवको नेकपा एस त्यागेर एमालेमै फर्किए बागमती प्रदेश र पेशागत कमिटीका चर्चित नेता–कार्यकर्ता



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का बागमती प्रदेशका नेताहरु आफ्नो मुलघर नेकपा (एमाले)मै फर्किएका छन् ।

यसरी फर्कनेमा पेशागत महासंघ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष डा. लछी सिंहसहित मकवानपुर इन्द्रसरोवर गाउँपालिकाका अधिकांश नेताहरु रहेका छन् ।

पालिका कमिटी अध्यक्ष मनबहादुर स्याङ्तान, उपाध्यक्ष गुणराज रुम्बा, उपसचिव उमेश बस्नेत, सचिवालय सदस्यहरु जगत स्याङतान, दिपेश थोकर, अनिल रुम्बालगायत छन् ।

नेकपा एमाले केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेल, बागमती इञ्चार्ज डा. राजन भट्टराई, एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलासहितका नेताहरुले उनीहरुलाई पार्टीमा खादा लगाएर स्वागत गरे ।

कार्यक्रममा पेशागत महासंघका १३ वटा जिल्ला अध्यक्षसमेत एमालेमै फर्किएको जानकारी दिइएको थियो ।

सो अवसरमा स्वागत गर्दै एमालेम हासचिव शंकर पोखरेलले नेताहरु नै पार्टी विभाजन गलत थियो भन्ने निष्कर्षमा पुगिसकेको बेला एमालेमै फर्कने निर्णय सही रहेको भन्दै अब देशभर यही अभियान चलाउन सुझाव दिए ।