१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

भूमिसम्बन्धी समस्या समाधानका लागि अन्तिम आयोग: मन्त्री अधिकारी

भूमिसम्बन्धी समस्या समाधानका लागि अन्तिम आयोग: मन्त्री अधिकारी
अ अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमि समस्या समाधानका लागि अन्तिम आयोग बनाइएकाले त्यसका लागि आवश्यक कानुन छिटो तर्जुमा गरिनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा उहाँले राष्ट्रिय भूमि समस्या समाधानका लागि गठन गरिएको आयोगको तीन वर्षे कार्यकालमध्ये एक वर्ष सकिँदा पनि कानुन बनाउन नसकेर काम रोकिएको बताउनुभयो । मन्त्री अधिकारीले छिटो कानुन बनाएर तीन वर्षभित्रमा भूमिसम्बन्धी सबै खालका समस्या समाधान गर्न लागिएकाले सोहीअनुसार सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

“सरकारको नाममा लालपूर्जा भएको जग्गामात्र आयोगले भूमिहीनका लागि दिन्छ, राष्ट्रिय निकुञ्जभित्रबाट निकालेर बाहिर ल्याइएका तर हालसम्म जग्गा नपाएकालाई पनि जग्गा दिन सकिने व्यवस्था विधेयकमा गरिएको छ”, मन्त्री अधिकारीले भन्नुभयो,“भूमिहीनसँग सम्बन्धित समस्या समाधान गर्ने प्रयोजनका लागि हुने काममा ७० प्रतिशत जति काम स्थानीय तहलाई नै दिइएको छ । पालिकाले सुरु नगरी आयोगले केही पनि गर्न सक्दैन ।”

विगतमा नापजाँच गर्ने क्रममा सबै जग्गा ननापिएकाले पनि हाल भूमिसम्बन्धी धेरै समस्या रहेको सुनाउँदै उहाँले ती सबै समस्या समाधानका लागि विधेयक छिटो पारित गरेर अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । “मुस्ताङामा ५०० रोपनी जग्गामात्र नापिएको थियो, अरु जग्गा नाप्नु पर्दैन भनेर त्यसबेला प्रधानपञ्चले भने रे । जसले गर्दा हाल स्याउ रोप्नेलगायत काममा त्यहाँ समस्या भएको छ”, मन्त्री अधिकारीले भन्नुभयो ।

समितिमा सभापति कुसुमदेवी थापाले भूमिहीनका सबैखाले समस्या छिटो समाधान गर्न कानुनलाई अन्तिम रूप दिन विज्ञहरूसँग छलफल गरिएको जानकारी दिनुभयो । उहाँले शुक्रबार पनि वन, भूमि, कृषिलगायत मन्त्रालयका अधिकारीलाई राखेर भूमि विधेयकका विषयमा छलफललाई निरन्तरता दिने सुनाउनुभयो ।

बैठकमा सांसदहरू अशोककुमार चौधरी, शान्ति विक, प्रतिमा गौतम, सूर्यकुमारी श्रेष्ठ, रञ्जिता श्रेष्ठ, भानुभक्त जोशी, सरस्वती सुब्बा, बिजुला रायमाझी, आशा विकलगायतले भूमि समस्या समाधानका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने, भूमाफियालाई सहयोग हुने गरी कानुन बनाउन नहुने, हालसम्म गठन भएका आयोगले वितरण गरेका जग्गाको विवरण यकिन हुनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।

आयोगका अध्यक्ष हरिप्रसाद रिजालले १२ लाख १९ हजार ५९६ भूमिहीनको निवेदन प्राप्त भएको जानकारी दिँदै तिनको व्यवस्थापनको काम गर्न आवश्यक कानुनी व्यवस्थाका लागि पनि विधेयक छिटो पारित हुनुपर्ने बताउनुभयो ।

आयोगका सदस्य अनिलकृष्ण प्रसाईले कानुन बनाएर काम गर्ने वातावरण नबनाउने हो भने आयोगलाई बिघटन गर्नुको विकल्प नरहेको बताउनुभयो । आयोगमा नियुक्त भएपछि ३८ जिल्लाका ६० वटा पालिकामा पुगेर समस्या समाधानका लागि अध्ययन गरिएको उहाँले जानकारी दिनुभयो ।

भूमि अधिकारका क्षेत्रमा कार्यरत विभिन्न व्यक्तिले पनि समस्या समाधानका लागि सुझाव प्रस्तुत गर्नुभएको थियो । उहाँहरूले विगतमा कानुनबिना आयोग गठन गरिँदा समस्या समाधान हुन नसकेकाले यसपटक कानुनी अधिकार दिएर समस्या समाधानका लागि सांसदको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिनुभएको थियो ।