१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि

“बजेट सन्तुलित र जनतालाई राहत दिने ढंगबाट आएको छ” प्रचण्ड, “प्राथमिकता ताेक्न सकेन” ज्ञानेन्द्र कार्की

“बजेट सन्तुलित र जनतालाई राहत दिने ढंगबाट आएको छ” प्रचण्ड, “प्राथमिकता ताेक्न सकेन” ज्ञानेन्द्र कार्की
अ अ+ अ-

काठमाडाैंः  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कोरोना महामारीको विषयम परिस्थितिमा सन्तुलित र जनतालाई राहत दिने ढंगले बजेट आएको बताउनुभएकाे छ । बजेट सिर्जनात्मक, प्रगतिशिल, जनपक्षिय र समाजवादउन्मुख ढंगले आएको उहाँले बताउनुभयो । बजेटले सबै जनता र खासगरी निम्न वर्गका जनतालाई राहत दिने गरी आएको उहाँले बताउनुभयो । आन्तरिक र बाह्य ऋण सहयोग र राजस्वको अनुमान वस्तुवादी भएकाले बजेटको स्रोतहरु त्यसैबाट जुट्ने उहाँले बताउनुभयो ।

नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले बजेटले अहिलेको आवश्यकतालाई सम्बोधन गरेको बताउनुभयो । व्यापक रुपमा कोरोना फैलिरहेको बेला यसको सामना कसरी गर्ने, स्वास्थ्य समस्या कसरी सम्बोधन गर्ने, रोजारीको समस्या कसरी सम्बोधन गर्ने र कृषि क्षेत्रलाई कसरी गर्ने भन्ने कुराहरु बजेटमा सम्बोधन भएको उहाँले बताउनुभयो ।

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बजेट परम्परागत रुपमा आएकाले वर्तमान समस्याको समाधान नगर्ने बताउनुभयो । वित्तीय व्यवस्थापनको क्षेत्रमा सिद्धान्तको रुपमा ठिक रहेको उल्ले गर्दै उहाँले  कोरोना महामारीबाट न्यूनिकरणको लागि गरिएको व्यवस्था, व्यवसायीलाई राहत दिने, रोजगारी सिर्जना गर्ने, कृषि क्षेत्रमा प्राथमिकता दिने कुरा कार्यान्वयनमा जान कठिन हुने गरी बजेट ल्याइएको बताउनुभयो । बजेट चालु आर्थिक वर्षको भन्दा कम भएको र राजस्व समेत घटेको अवस्थामा विशेष क्षेत्रलाई बढी लक्षित गरेर बजेट ल्याउनुपर्ने बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट ९० अर्ब मात्र रहेकोले अहिलेको परिस्थितिसँग जुध्न कठिन हुने बताउनुभयो । पूर्व अर्थमन्त्री समेत रहनुभएका कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बजेटमा धेरै कुरा आएको भएपनि प्राथमिकतामा कुनै पनि क्षेत्र नपरेको टिप्पणी गर्नुभएको छ ।

स्वास्थ्य, रोजगारी तथा शिक्षामा आएका विषयहरु पुरानै प्रकृतिको भएको उहाँले बताउनुभयो । कृषि क्षेत्रको विकासमा पनि खासै योजना आउन नसकेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम बढाइएको र उक्त रकम फेरी दुरुपयोग हुनेगरी ल्याईएको बताउनुभयो । समग्रमा बजेट आश्वासन मुखि भएपनि कार्यान्वयनको दिशामा विगतको निरन्तरतालाई जोड दिएको बताउनुभयो । कोरोना भाइरसबाट प्रभावित भएका क्षेत्रमा पनि राम्रोसँग, उत्साहित रुपमा काम गर्ने गरी कार्यक्रम बजेटमा समावेस नभएको उहााले बताउनुभयो ।

जनता समाजवादी पार्टीका सांसद लक्ष्मण लाल कर्णले बजेटमा पुरा हुने कुनै पनि योजनाहरु नआएको बताउनुभयो । कनिाका छरेजस्तो बजेटमा उल्लेख भएका कुराहरु केही पनि पुरा हुने अवस्था नरहेको उहाँले बताउनुभयो । बजेटको स्रोतको मुल आधार वैदेशिक ऋण र सहयोग हुने भनेर काल्पनीक बजेट आएको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले अहिलको परिस्थितिलाई ख्याल नगरी बजेट ल्याइएको बताउनुभएको छ । सरकारले अबको २, ३ महिनाभित्रै कोरोना पूर्ण रुपमा नियन्त्रणमा आउने विश्वासका साथ खर्च जुटाउने र खर्च गर्ने संकल्प लिएको बताउनुभयो । कोरोनाबाट नेपाल मुक्त हुने र यसबाट हामी कही पनि प्रभावित हुँदैनौ भन्ने आत्मविश्वास राखेको बताउनुभयो । कोरोना महामारीको भविष्य अहिले किटान नभएको अवस्थामा अहिलेको बजेटबाट ठूलो अपेक्षा गर्न नसकिने उहाँले बताउनुभयो ।

नेकपा सांसद गोकुल बास्कोटाले स्वास्थ्य क्षेत्रका कर्मचारी बाहेक अन्य कर्मचारीहरु र विलासिताका क्षेत्रहरु कटौती गरिनु सकारात्मक भएको बताउनुभयो । अहिलेको परिस्थितिको अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यर्कीहरुलाई प्रोत्साहन गर्दै सरकारले बजेट ल्याउनु सकारात्मक भएको उहाँले बताउनुभयो । अन्य क्षेत्रका कर्मचारीहरुलाई केही असन्तुष्ट बनाए पनि स्वभाविक रुपमा लिनुपर्ने उहाँको भनाई छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना भाइरसको महामारीबाट अर्थतन्त्रमा पारेको असरलाई कम गर्ने र नागरिकको जीवन रक्षासँग केन्द्रीत भएर बजेट आएको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा विगतमा भन्दा झण्डै २२ अर्ब बढी बजेट विनियोजन हुनुले स्वास्थ्य क्षेत्र बढी प्राथमिकतामा परेको उहाँले बताउनुभयो ।

कृषि क्षेत्रलाई आधुनिक बनाउने र ठूलो संख्यामा जनशक्ति परिचालन गर्दै रोजगारी सिर्जना गर्ने तर्फब जेट केन्द्रीत भएको उहाँको भनाई छ । मन्त्री भट्टराईले विदेशबाट फर्केका नेपालीको सीपलाई प्रयोग गरी स्वरोजगार बनाउने तर्फ बजेट उन्मुख भएको समेत बताउनुभयो । सबैभन्दा धेरै धक्का परेको पर्यटन व्यवसायमा कर छुट, सस्तो ब्याजमा ऋण दिने व्यवस्था, त्यस्तै कर्मचरीको सुरक्षाका लागि कोषको व्यवस्था गरेकोले बजेट सन्तुलित रहेको भट्टराईको भनाई छ ।