१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

लिपुलेक विवाद वार्ताद्वारा नै हल हुन्छ– भारतीय रक्षामन्त्री सिंह

लिपुलेक विवाद वार्ताद्वारा नै हल हुन्छ– भारतीय रक्षामन्त्री सिंह
अ अ+ अ-

काठमाडौँ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेकमा नेपालसँग उत्पन्न भएको सीमा विवाद वार्ताद्वारा नै हल गरिने बताएका छन् । भारतीय टेलिभिजन च्यानल आजतकसँगको अन्तर्वार्तामा रक्षामन्त्री सिंहले लिपुलेकलगायतका क्षेत्रको सीमा विवाद वार्ताद्वारा नै हल गरिने बताएका हुन् । सिंहले अन्तर्वार्तामा भने, ‘लिपुलेकको विषयमा नेपालसँग केही समस्या उत्पन्न भएको छ । त्यसलाई दुवै देश वार्तामा बसेर नै हल गर्छौं ।’ रक्षामन्त्री सिंहले नेपाल र भारतबीच पारिवारिक सम्बन्ध रहेको उल्लेख गर्दै सीमा विवाद वार्ताद्वारा सहजै हल हुने बताए । यसअघि गत वैशाख २६ गते भारतीय रक्षामन्त्री राजनाथ सिंहले नै नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको उद्घाटन गरेका थिए । नेपाली पक्षसँग कुनै सल्लाह नगरी एकतर्फी रुपमा बनाइएको उक्त सडकको रक्षामन्त्री सिंहले दिल्लीबाटै भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए ।

त्यसलगत्तै नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत नेपाली भूमिमा आफ्ना सबै गतिविधि रोक्न भारतलाई आग्रह गरेको थियो । साथै नेपालका लागि भारतीय राजदूतलाई विनयमोहन क्वात्रालाई बोलाएर कूटनीतिक नोट दिएको थियो । नेपालले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा पनि सार्वजनिक गरेको छ । नयाँ नक्सामा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको करिब ३३५ वर्ग किलोमिटर जमिन समेटिएको छ । भारतले भने नेपालले जारी गरेको नयाँ नक्सा आफूलाई मान्य नहुने प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले उक्त सडक भारतीय भूमिमै बनाइएको दाबी गर्दै सीमा विवाद वार्ताका माध्यमबाटै हल हुनुपर्ने बताएका छन् । उनले सकारात्मक र रचनात्मक पहलबाट मात्रै नेपाल–भारतबीच सीमा विवाद समाधानका लागि वार्ता हुने बताएका छन् ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले चीनसँगको पछिल्लो तनाव पनि वार्ताबाटै हल गरिने बताएका छन् । वार्ताद्वारा समस्या समाधानका लागि दुवै देश तयार भएको उनले बताए । साथै उनले चीनसँगको सीमा विवाद समाधानका लागि अमेरिकी मध्यस्थता नचाहिने पनि प्रस्ट पारेका छन् । यसै हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन–भारत सीमा विवाद समाधानका लागि आफू मध्यस्थकर्ताको भूमिका निभाउन तयार रहेको बताएका थिए । तर उनको प्रस्तावलाई चीन र भारत दुवै देशका विदेशमन्त्रीले अस्वीकार गरेका थिए । रक्षामन्त्री सिंहले भारतले सबै छिमेकी देशसँग असल सम्बन्ध राख्न चाहेको बताए । ‘सबै छिमेकीसँग असल सम्बन्ध राख्नुपर्छ भन्ने भारतीय नीति हो । हामीले लामो समयदेखि सबै छिमेकीसँग सम्बन्ध सुधारका लागि प्रयास गर्दै आएका छौं । तर कहिलेकाहीँ अहिले चीनसँग देखिएको जस्तो समस्या देखिन्छ,’ उनले भने । (कान्तिपुर दैनिकमा समाचार छ)