१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

रुकुम घटना: गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो

रुकुम घटना: गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो
अ अ+ अ-

काठमाडौं । प्रेमिकाले ‘मलाई लिन आऊ, नभए अर्कै केटासित मेरो विवाह गरिदिन लागेका छन्’ भन्ने म्यासेज नगरिदिएको भए जाजरकोटका नवराज विश्वकर्मा लकडाउनका बेला भेरी नदी तरेर पल्लो गाउँ जान हतारिने थिएनन् । प्रेमिकालाई घर भित्र्याउने सपना साँचेका उनी भेरी त तरे तर प्रेमिकाको हात समाएर घर फर्कन पाएनन् । आफ्ना पाँच साथीसहित उनी भेरीमै विलिन भए । विसं २०७७ जेठ १० गते रुकुमपश्चिमको सोतीगाउँकी ती किशोरीले नवराज विश्वकर्मालाई सम्पर्क गरिन् । आफ्नो परिवारले अर्कै केटासँग विवाह गराउन लागेको तर आफूले स्वीकार नगरेको बताउँदै आफूलाई लिन साथीहरूसहित आउन आग्रह गरिन् । नवराजले १९ जना साथीहरूलाई साताअघि नै छिट्टै प्रेमिकालाई भगाएर ल्याउने योजना बनाएको भन्दै सघाउन सहयोग मागेका थिए । तर पछिल्लो म्यासेज आएपछि उनीसँग कुर्ने धैर्य भएन ।

खलंगाको रानागाउँबाट १० जना दिउँसो १२ बजेतिर रुकुम जान निस्किए । उनीहरू दुई घण्टामा भेरी नदी किनारको धल्ला भन्ने ठाउँमा पुगे, जहाँ अन्य ९ जना साथीहरू पर्खिरहेका थिए । घाइते सुदीप खड्काका अनुसार १९ जनाको टोली करिब डेढ घण्टासम्म सोही ठाउँमा अलमलियो । साढे ३ बजेतिर उनीहरू नवराजकी प्रेमिकाको गाउँ सोतीतिर लाग्यो । करिब ५ बजेतिर घरनजिकै पुगे । जाजरकोटको खलंगाबाट कालेगाउँनजिकैको झोलुंगे पुल हुँदै सोती पुग्ने छोटो बाटो भए पनि नवराज र उनका साथीहरू अलि तल पर्ने चौरजहारी नजिकैबाट घुमेर युवतीको गाउँ गएको देखिन्छ । त्यहाँ नवराजको टोलीमा अरू केही साथी थपिए भने त्यहाँबाट केही माथिको मटेला पुलनजिकै अरू पनि मिसिए । त्यसपछि करिब एकरडेढ घण्टा उकालो हिँडेर उनीहरू युवतीको घरनजिकै पुगे ।

नवराजसँगै गएका अनि आक्रमणपछि भागेर ज्यान जोगाएका एक जनाको बयानअनुसार साँझ ५ बजेतिर उनीहरू केटीको घरनजिक पुगेका रहेछन् । साथीहरूले ‘लफडा’ हुन सक्ने अनुमान गरी नवराजलाई टोपी र मास्क लगाएर नचिनिने बनाएका थिए । नवराज विश्वकर्मा र उनका साथीहरूलाई देख्नेबित्तिकै युवतीकी आमा प्रकाशी मल्लले ‘तँ।।।लाई कुटाइ अझै पुगेन ?’ भन्दै गालीगलौज गरिन् । उनैले चौरजहारी–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ललाई फोन गरेर गुहार मागिन् र गाउँलेलाई बोलाउन लगाइन् । गाउँले आउने थाहा पाएपछि केही नबोली उनीहरू खलंगातिर ओरालो लागे । युवाहरू सोतीदेखि करिब १० मिनेटको बाटो हिँडेर करिब एक किलोमिटर तल गैरीनाउला भन्ने ठाउँमा पुगे । पानी मागेर खाए । नाउलामा रहेका केही अपरिचितले ‘बाबुहरू बस्नुहोस्, काफल खानुहोस्’ भन्दै अलमलाउन खोजे । उनीहरूको व्यवहारमा शंका लागेपछि नाउलामा नरोकिई उनीहरू अगाडि बढे ।

घाइते सरोज खड्काका अनुसार उनीहरू नाउलाबाट १० मिनेट हिँडेर करिब २ किलोमिटर तल रहेको मध्यपहाडी लोकमार्गनजिक पुगेका मात्रै के थिए, एक्कासि ६०/७० जनाको समूहमा आएका गाउँलेले ढुंगामुढा बर्साए । ‘हामीलाई ढुंगामुढा, हँसिया र चिर्पटले हान्दै भेरीको किनारसम्म पुर्याए,’ उनले भने, ‘त्यसपछि को कतातिर लाग्यो, पत्तै भएन ।’ तम्तयार बसेजस्तो देखिने केटी पक्षकाले कसरी योजना बनाए भन्नेमा अनेक आशंका छ । पीडित परिवारले घटनाको एउटा तथ्य भित्रभित्रै लुकाउने खेल भएको आरोप लगाएको छ । पीडित पक्षको दाबीअनुसार ती युवतीको फोन नियन्त्रणमा लिएर दाइले नै म्यासेज गरेर बोलाएका हुन् । आक्रमण भएको ठाउँबाट भेरी नदी तलै छ । सोतीका गाउँलेको हूलले भाग्दै गरेका उनीहरूलाई मध्यपहाडी लोकमार्गदेखि २ किलोमिटर तल रहेको भेरी नदीको बगरसम्म लखेटेका थिए । पुल छेकेर अर्को समूह बसेकाले बाँचेका घाइतेले बगरैबगर गएर भेरी तर्ने प्रयास गरेको घटनास्थल पुगेका अधिकारकर्मीहरू बताउँछन् । गाउँलेको कुटपिट तथा लखेट्याइँमा परेका १९ युवामध्ये एक जना फुत्किएर भागे र घर आउन सफल भए ।

स्थलगत प्रतिवेदनअनुसार ‘तम्तयार अवस्थामा रहेका डम्बरबहादुर मल्लसहितको ठूलो डफ्फा १९ जनाको निःशस्त्र टोलीमाथि जाइलाग्यो । दलित मुक्ति संगठनका तर्फबाट स्थलगत अध्ययनमा गएका पूजन विश्वकर्माका अनुसार भीरबाट हामफालेर भेरीमा पुग्ने अवस्था घटनास्थलमा देखिँदैन । ‘मान्छे त के, त्यहाँ एउटा गाडी नै फाले पनि भेरीमा नपुग्ने खालको ठाउँ छ,’ विश्वकर्माले भने, ‘त्यसले घटना झनै रहस्यमय बनेको छ ।’ कुटपिटबाट घाइते भएका १२ जना भेरी नदीको सानो भंगालो तरेर बीचको बगरमा घेराबन्दीमा परे । तीमध्ये ५ जना भेरीको ठूलो भंगालोमा हामफालेर वारिपट्टि आइपुगे । सात जना दुवैतिर भंगालोबीचको बगरमै अड्किए । भेरीमा हामफाल्न नआटेका ७ जनालाई सोतीका गाउँलेले बगरमै आएर कुटपिट गरिरहे । लाठी र दाउराले आफूलाई कुटेको बताउने ती पीडितका अनुसार कुटाइपछि बेहोस भएका उनी ब्युँझँदा प्रहरी नियन्त्रणमा चौरजहारी अस्पतालमा थिए । आक्रमण गर्ने अर्को समूह एक किलोमिटरमाथिको झोलुङ्गे पुल तरेर कालेगाउँपट्टि गएर बसिसकेको रहेछ । भेरी तरेका पाँच जनालाई पनि २०/२५ जनाको समूहले कुटपिट गर्दै फर्काएर पारिपट्टि घटनास्थल लिएर गए ।

भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रसाद घर्तीले स्थलगत अध्ययन टोलीलाई बताएअनुसार ‘सोतीगाउँका व्यक्तिहरूले नवराज विश्वकर्मालगायतलाई लखेटेर, भेरी नदीको दुवैतिरबाट घेरा हालेर कुटपिट गरी मारेर नदीमा फालेका हुन् । प्रहरी घटनास्थलमा नपुगेको भए बाँकी १२ जनाको पनि ज्यान जान सक्थ्यो ।’ अर्का प्रत्यक्षदर्शी इन्द्रजंग शाहका अनुसार कुटपिटबाट ज्यान गुमाएका पाँच र बेपत्ता एक जना भेरी नदी किनारमा आएकै थिएनन् । गाउँलेको आक्रमणमा परेका नवराज लगायतहरू कुन ठाउँमा थिए रु कसरी नदीमा परे भन्ने खुलेको छैन । पीडित पक्षले सोतीका गाउँलेको कुटाइबाट भेरीमाथिको कान्लोमै नवराजलगायत ६ जनाको ज्यान गएको र घटना साम्य भएपछि उनीहरूको शव भेरीमा बगाइएको आरोप लगाएका छन् । भेरी किनारमा ठूलो समूहले आक्रमण गर्दा घाइतेहरूले नवराजलगायत मृतकहरूलाई नदेखेकाले माथि नै गाउँमा मरणासन्न बनाएर भेरीमा फालिएको वा मारेरै फालिएको हुन सक्ने अनुमान गरेका छन् ।

मूकदर्शक प्रहरी

घटनास्थल भनिएको कालेगाउँ पारिपट्टिको गैरीदेउला चौरजहारीदेखि भेरी किनारैकिनार माथिपट्टि पर्छ । घटनास्थलको सबैभन्दा नजिकको प्रहरी घटनास्थल पुगेको देखिन्छ । चौरजहारी प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मसिंह विष्टले अनुगमन टोलीलाई बताएअनुसार अघिल्लो रात नै प्रहरी टोली सोतीगाउँमा पुगेको रहेछ । सडकको विवाद मिलाउन खोलागाउँमा गएको प्रहरी टोलीलाई वडाध्यक्ष डम्बरबहादुर मल्लले फोन गरेका रहेछन् । लगत्तै प्रहरी सहायक निरीक्षक सन्तोष लामिछानेको कमान्डमा पाँच जनाको टोली घटनास्थल पुग्यो । त्यहींबाट प्रहरीले नवराजको साथमा गएका महेश कार्की र डिल्ली विश्वकर्मालाई नियन्त्रणमा लिएको देखिन्छ । ‘घटनास्थल पुग्दा वडाध्यक्ष मल्लसहित करिब ५० जना बारीको डिलमा उभिएका रहेछन्,’ प्रहरी निरीक्षक विष्टको भनाइ उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय, पश्चिम रुकुम स्रोतले भन्यो, ‘ढुंगा र लाठीले पिट्दै गएको देखेपछि प्रहरीले उनीहरूलाई रोकेझैं गरेको हो ।’

घटनाको जानकारी पाएपछि प्रहरी चौकी हुलुखोला जाजरकोटबाट पनि दुई जना प्रहरी घटनास्थल नजिकको झोलुङ्गे पुलमा पुगे । ‘प्रहरी आए पनि साम्य पार्न केही पहल गरेनन्, सिटी फुकेर हेरिरहे,’ घाइते सरोज खड्काले भने, ‘सोतीका गाउँलेले प्रहरीकै अगाडि हामीलाई अन्धाधुन्ध कुटेका थिए ।’ प्रादेशिक प्रहरी कार्यालय स्रोतका अनुसार चौरजहारी प्रहरीले भीडलाई नियन्त्रणमा लिन नसकेको स्विकारेको छ । त्यत्रो घटनामा पुलिसले ‘सिट्टी’ सम्म बजाएको थियो, स्थिति साम्य पार्न आफूले सक्ने जति काम नगरेको प्रत्यक्षदर्शीहरू बताउँछन् । पीडित पक्ष र दलित अधिकारकर्मी लगायतले घटनास्थलमा पुगेर पनि युवालाई बचाउन वास्ता नगर्ने प्रहरीमाथि छानबिन हुनुपर्ने माग गरेका छन् । उपचार नपाउँदा घाइते खड्कालगायतको टाउको, हात, पाखुरा, पिठ्युँ लगायतमा लागेको चोट निको भएको छैन । (कान्तिपुर दैनिकमा समाचार छ)