१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार

पुरानो रीतिरिवाज र संस्कृति जोगाउन भोजपुरका युवा सक्रिय

पुरानो रीतिरिवाज र संस्कृति जोगाउन भोजपुरका युवा सक्रिय
अ अ+ अ-
टक्सार ।  स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखेनाचसहित मौलिक परम्परालाई निरन्तरता दिइने भएको छ । रीतिरिवाज, वेषभूषा र संस्कृति जोगाउन यहाँको युवाको सक्रियता बढ्दै गएको हो ।
नेवार समुदायको मात्र लाखेनाच भन्ने परम्परा तोड्दै अहिले सबै समुदायको सहभागितामा परम्परागत संस्कार जोगाउने अभियान सुरु गरिएको स्थानीय युवा नवीन बुढाथोकीले बताउनुभयो । नागपञ्चमीका दिनदेखि सुरु हुने लाखेनाचलाई जिल्लामा व्यवस्थित बनाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।
यसअघि नेवारी समुदायको बसोबास रहेको क्षेत्रमा यो नाच निकाल्ने गरिएकामा पछिल्लो समय परम्परा जोगाउने उद्देश्यले सामूहिक सहभागितामा जोड दिँदै यसको विस्तार गर्न थालिएको बुढाथोकीले बताउनुभयो
प्रत्येक वर्ष निकालिने लाखेनाचको तयारीमा आफूहरू जुटेको बताउँदै युवा विकल श्रेष्ठले भन्नुभयो, “विगतको परम्परागत संस्कृतिलाई निरन्तरता दिने काम युवाले गर्नुपर्छ, यसले पुस्तान्तरण हुनुका साथै परम्पराको संरक्षण र प्रवर्द्धनमासमेत टेवा दिन्छ ।” उहाँका अनुसार केही ठाउँमा गठे मङ्लदेखि लाखेनाच सुरु हुने भए पनि भोजपुरमा नागपञ्चमीदेखि नचाउने प्रचलन छ ।
स्थानीय युवाको पहलमा परम्परादेखि चल्दै आएका संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न थालिएको स्थानीय अगुवा किशोर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार परम्परा र संस्कृति जर्गेनामा भूमिका निर्वाह गर्नुभएका अगुवालाई यसवर्ष सम्मानको समेत कार्यक्रम राखिएको छ ।
जिल्लाका स्थानीय मठमन्दिरमा नागपञ्चमीका दिन पूजाअर्चना गरिएसँगै लाखेनाच सुभारम्भ हुने गरेको श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार लाखेनाचमा विभिन्न नाम दिइएका जात्रामा ढोल, झ्याम्टा बजाउँदै, ठाकठुके नाच, रोपाइँ नाच, विभिन्न हास्य व्यङ्यात्मक कार्यक्रम, जातीय संस्कृति र परम्परा अनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा गर्ने चलन रहँदै आएको छ ।
परम्परादेखि चल्दै आएको संस्कृतिको जर्गेना गर्नका लागि युवालाई प्रशिक्षणसमेत गर्ने गरिएको छ । बाजाको ताल, गीतको सुर, नृत्य ताललगायत विषयमा युवालाई प्रशिक्षण दिने गरिएको स्थानीय बताउँछन् । नेपाली कला, संस्कृति, पराम्पराको संरक्षण गर्दै लाखेनाच प्रवर्द्धनमा सबै जुटनुपर्ने स्थानीयको माग छ ।
जिल्लाको भोजपुर नगरपालिकाभित्र बजारका साथै पानी ट्याङ्की, टक्सार, डाँडागाउँ, बोखिम दाँवालगायत क्षेत्रमा लाखेनाच नचाउने गरिन्छ । जिल्लाको पूर्वीअरुण गाउँपालिका, षडानन्द नगरपालिका क्षेत्रका विभिन्न वडामासमेत लाखेनाच नचाउने परम्परा रहँदै आएको छ ।
नागपञ्चमीका दिनदेखि सुरु हुने लाखेनाच कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कङ्सलाई नाश गरेको दिनसम्म नचाउने प्रचालन रहँदै आएको स्थानीय नवीन प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार परम्परा बोकेको लाखे नाच नयाँ पुस्तालाई हस्तान्तरण गर्न युवाले ‘भोजपुर लाखे समाज’ बनाएर अग्रसरता लिएका छन् । रासस