२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ News Polar विद्यादेवी भण्डारीले लिनुभयो एमालेको वरिष्ठ उपाध्यक्ष पदको शपथ News Polar एमाले स्थायी कमिटी बैठक च्यासलमा सुरु, वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी News Polar कांग्रेस महाधिवेशन : मतदानको तयारी अन्तिम चरणमा News Polar बाढी–पहिरोमा १ हजार ४५५ जनाको मृत्यु, ५ हजार २८५ अझै बेपत्ता News Polar ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा स्थायी कमिटी बैठकमा सहभागी हुँदै विद्या भण्डारी News Polar २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ? News Polar भरुवा बन्दुक बनाउने आरोपमा मोरङमा एक जना पक्राउ News Polar लागुऔषधसहित २५ जना पक्राउ News Polar “दृष्टिविहीन व्यक्तिको स्वतन्त्रता, सुरक्षा र अधिकारको प्रतीक सेतो छडी” News Polar कांग्रेसको मतदान २ बजेपछि मात्रै सुरु हुने News Polar पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा News Polar सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी News Polar बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकी सहयोग अपेक्षा News Polar रसुवा बाढीले भत्कायो किसानको इकोसिस्टम News Polar कांग्रेस महाधिवेशन : निर्वाचन व्यवस्थापनबारे उम्मेदवारसँग छलफल News Polar घरायसी विवादमा श्रीमतीलाई कुटपिट गरेका श्रीमान् पक्राउ News Polar हुरीले गुल्मीको ठूलोलुम्पेकका ८० टनेलमा क्षति, आठ लाखभन्दा बढीको गोलभेँडा नष्ट News Polar राज्यले ऋण तिर्न ऋण लिँदै, आन्तरिक ऋणको ठूलो हिस्सा साँवा भुक्तानीमै खर्च News Polar बागलुङकाे ताराखोलामा पहिरोमा ज्यान गुमाएका तीन परिवारलाई एक–एक लाख राहत

जोखिममा भटौली खोलाको पक्की पुल

जोखिममा भटौली खोलाको पक्की पुल
अ अ+ अ-

मन्थली, (रामेछाप) । सदरमुकाम मन्थलीसहित रामेछापका विभिन्न चारवटा पालिका जोडने र जिल्लालाई काठमाडौँसम्म जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुल खोलाले कटान गर्दै जान थालेको छ ।

सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौँसँग जोड्ने वैकल्पिक सडकखण्डमा पर्ने भटौली खोलाको पक्की पुल बाढीको कटानबाट उच्च जोखिममा परेको हो । जिल्ला सदरमुकाम रहको मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबासलाई जोड्ने उक्त पुलको पिलरमा भटौली खोलाको बाढीे सिधै ठोक्किन थालेपछि पुल जोखिम मा पर्दै गएको हो ।

खाँडादेवी–४ का स्थानीयक खेमबहादुर खत्रीका अनुसार खोलाको बहावले पुलको पकरबासपट्टिको पिलरमा कटान गर्दै लगेको छ । खोलाको बहाव नै पुलको पिलरमा सोझै ठोक्किएकोले, टेवा पर्खाल वा जाली लगाएर संरक्षण नगरे पुलमा ठूलो क्षति पुग्न सक्ने पनि खत्रीले बताउनुभयो । उहाँले पुलको सुरक्षाका लागि खाँडादेवी गाउँपालिका,मन्थली नगरपालिका र जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायलाई जानकारी गराइसकेको भएपनि कतैबाट हालसम्म सुनुवाइ नभएको बताउनुभयो ।

वर्षायाम सुरु भएसँगै खोलामा बारम्बार बाढी आइरहेकाले तत्कालै उपाय नअपनाए पुलमा ठूलो क्षति पुग्ने जोखिम उच्च रहेको स्थानीय अक्कलबहादुर माझी बताउनुहुन्छ । वर्षाको बेला बाहुन्चुरा, पिङ्गखुरी र गागलको माथिल्लो भेगमा बढी पानी पर्ने गरेको र ती ठाउँमा परको पनीका कारण दैनिकजसो यस खोलामा बाढी आउने गरेकाले पनि यसलाई चाँडै नै क्षति हुनबाट बचाउन आवश्यक रहेको मन्थली नगरपालिका–७ का वडाध्यक्ष भुवनहरी प्रसाईँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ को सिमानामा पर्दछ, मैले पनि नगर कार्यपालिकाको बैठकमा कुरा राखेको छु, दुवै पालिका मिलेर समस्या समाधान गर्न जरुरी छ ।” खाँडादेवी गाउँपालिका–४ का अध्यक्ष कृष्ण पौडेलले पनि यसबारेमा सम्बन्धित निकायलाई यसअघि नै जानकारी गराइसकिएको बताउनुभयो ।

यो खोलाको पक्की पुल तीनवटा गाउँपालिका जाने प्रमुख र काठमाडौ जाने रामेछापको वैकल्पिक यातायात सञ्जालमा महत्त्वपूर्ण मानिन्छ । गत वर्ष खुर्कोटको पुल बगाउँदा दोलखा र रामेछाप जाने आउने सबै सवारीसाधनले यही बाटो प्रयोग गरेका थिए । अहिले पनि खुर्कोटको बेलीब्रिजबाट १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधन वारपार गर्न पाउँदैनन्, यही पुल भएर आवतजावत गर्नुपर्छ । त्यसैले पनि यस पुलमा क्षति पुग्ने हो भने यस क्षेत्रको आवागमन नै अवरुद्ध हुने मन्थली नगरपालिका–७ का स्थानीय बलवहादुर तामाङ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो पुल क्षति हुनबाट चाँडै जोगाउन सकिएन भने पछि पछुताउनु शिवाय केही हुँदैन ।”

उक्त पुललाई क्षति हुनबाट जोगाउन चालु आवमा खर्च गर्ने गरी कार्यपालिकाबाट कुनै बजेट विनियोजन नभएको तर त्यस्तो समस्या भइहाल्यो भने विपद् कोषबाट तत्काल मर्मतसम्भार गर्न सकिने मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले राससलाई बताउनुभयो । रासस