२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस्ती जोगाउन गेग्रान पन्छाउँदै पालिका



अ+ अ-

मुस्ताङ । यहाँको थासाङ गाउँपालिका-२ स्थित (कोवाङ-लार्जुङ)बीच भागमा बग्ने लाङ्क्यु खोलामा जल सतह उच्च हुँदा लार्जुङ बस्तीका करिब १८ घर बाढीको उच्च जोखिममा पर्ने गरेका छन् ।

धौलागिरि आइसफलको फेँदबाट बग्ने लाङ्क्यु खोलामा पानीको बाहव बढी हुँदा लार्जुङ बस्ती उच्च जोखिममा पर्ने गरेका हुन् । यस वर्षको मनसुन सरु भएदेखि हालसम्म चार पटक उक्त बस्ती बाढीपहिरोको उच्च जोखिममा परेको हो । बर्खायाममा लाङ्क्यु ठाँडो खोलाको बाहवले लार्जुङ बस्तीलाई बर्सेनि तर्साइ रहन्छ ।

गत १६ असार र साउन ७ गते लाङ्क्यु खोलाको बाहव उच्च भएपछि वर्षा हुँदा स्थानीय बाढी आउने सक्ने त्रासमा बस्ने गरेका छन् । ठाँडो खोलाको बाढीले बस्ती बगाइदिने चिन्ताले लार्जुङबासीको मनमा त्रासदी छाएको छ ।

जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, जनप्रतिनिधि, थासाङ गाउँपालिकालगायतले बस्ती बचाउने उद्देश्यले मध्यरातिसम्म खोलालाई नियन्त्रणमा लिन डोजर चलाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास परियारले जानकारी दिनुभयो ।

“अझै पनि लार्जुङ बस्तीको जोखिम कायम रहेकाले बुधबारदेखि खोलालाई नियन्त्रणमा लिन पालिकाले थप अग्रसरता देखाएको छ”, उहाँले भन्नुभयो । कोवाङ(लार्जुङ बीचको लाङ्क्यु खोलामा बाढीसँगै ढुङ्गा, गिट्टी, बालुवा र ग्रेगान भरिँदै जान थालेपछि नदी उकास वृद्धि हुँदा बस्ती जोखिममा परेको परियारले बताउनुभयो ।

“लाङ्क्यु खोलाको करिब तीन सय मिटरभन्दा बढी दूरीमा नदीजन्य गेग्रान भरिँदा बस्ती उच्च जोखिममा परेको हो । मनसुन कायमै रहेकाले कुनै पनि बेला विपद्जन्य घटना हुनसक्ने भएकाले बस्ती जोगाउन पहल थालेका छौँ”, उहाँले भन्नुभयो, “खोलालाई साविकको अवस्थामा बग्नदिन नदी उकास घटाउनुपर्ने भएपछि पालिकाको पहलमा खोलामा थुप्रिएका ढुङ्गा, गिट्टी, बालुवा र ग्रेगान पन्छाउन सुरु गरेका हौँ ।”

पालिकाले डोजर भाडामा लिएर बाढीका कारण हुनसक्ने जोखिमबाट बस्ती जोगाउन करिब तीन सय मिटर दूरीमा नदीजन्य उकास घटाएर खोलाको गहिराइ बढाउने काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत परियारले जानकारी दिनुभयो । उहाँले कोवाङ-लार्जुङ जोड्ने पुलबाट कालीगण्डकी नदीको दोभानसम्म दुई सय मिटर र उक्त पुलबाट माथिल्लो भागको करिब एक सय मिटर दूरीमा भरिएको ग्रेगान पन्छाउन गाउँपालिका कार्यालय प्रयासरत रहेको उल्लेख गर्नुभयो ।

दुई दिनसम्ममा करिब आधा भन्दा बढी ग्रेगान पन्छाउने काम भएको जनाउँदै उहाँले अझै केहीदिन लाग्नसक्ने उल्लेख गर्नुभयो । उहाँका अनुसार लाङ्क्यु खोलामाथिको अवस्थित पुरानो झोलुङे पुलका कारण बाढी आउँदा बस्ती जोखिममा पर्ने महसुस गरी उक्त पुल हटाइएको छ ।

नदी उकाससँगै बाढी आउँदा अवस्थित पक्की पुल माथिबाट खोला बग्ने गरेकाले उक्त पुल हटाइएको थासाङ(२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिनुभयो । मनसुन कायम रहेकाले उक्त पुल पनि बगाउनसक्ने जोखिम रहेको बताउँदै उहाँले तत्कालका लागि सम्भावित बाढीको जोखिम न्यूनीकरण गर्न डोजर परिचालन गरेर लाङ्क्यु खोलाको सतहलाई तल झार्ने काम थालिएको जानकारी दिनुभयो । रासस




भर्खरै