१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

धानबालीको बिमा गर्दै गाउँपालिका



अ+ अ-

बागमती। मकवानपुरको मनहरी गाउँपालिकाले धानबालीको बिमा गर्न थालेको छ ।

बालीमा लाग्ने रोग कीराको प्रकोपलगायतका कारणले उत्पादन कम हुने र किसान मारमा पर्ने भएकाले धानबालीको बिमा गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिनुभयो ।

अहिले धानबालीको याम भएकाले धानबालीको बिमा सुरु गरिएको र यामअनुसार सबै अन्नबाली र तरकारी बालीको बिमा गरिने अध्यक्ष कालाखेतीले बताउनुभयो ।

वडा नम्बर ७ निवासी सेते जिम्बाको १९ कठ्ठा जग्गामा लगाइएको धानबालीको बिमा गरी बिमा कार्यक्रम सुरु गरिएको अध्यक्ष कालाखेतीले बताउनुभयो । उहाँका अनुसार बाली बिमाका लागि गाउँपालिकाले शिखर इन्स्योरेन्ससँग सम्झौता गरी बिमा कार्यक्रमअघि बढाएको छ । सबै वडामा बाली बिमा गरिने योजना रहेको उहाँले बताउनुभयो ।

बाली बिमा गर्दा कूल बीमाङ्क रकको ८० प्रतिशत गाउँपालिकामार्फत सङ्घीय सरकारले अनुदान दिने र २० प्रतिशत किसानले बेहोर्ने व्यवस्था छ । तर २० प्रतिशत रकमसमेत बुझाउन नसक्ने बिपन्न किसानको बीमाङ्क रकम गाउँपालिकाले भुक्तानी गरिदिने गरी बजेट विनियोजन गरिएको अध्यक्ष कालाखेतीले बताउनुभयो । रासस