९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’

तीन दशकपछि खुलेको बाटो: मदन भण्डारी राजमार्गको सपना साकार हुँदै

तीन दशकपछि खुलेको बाटो: मदन भण्डारी राजमार्गको सपना साकार हुँदै
अ अ+ अ-

सुर्खेत। पश्चिम सुर्खेतका बासिन्दाले तीन दशकअघि देखेको मदन भण्डारी राजमार्गको सपना पुनः जीवन्त बन्दै गएको छ।

बड्डीचौर–खम्बागाडे सडकखण्डमा निर्माण कार्य वर्षौंसम्म रोकिएको थियो। तर अब रुख कटान तथा जग्गा प्राप्तिको प्रक्रिया पूरा भएसँगै आयोजनामा सकारात्मक गति देखिन थालेको छ।

नेपाल सरकार मन्त्रिपरिषद्ले बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाभित्र पर्ने वन क्षेत्रका ८६४ वटा रुख हटाउन स्वीकृति दिएपछि निर्माणमा रोकिएको प्रमुख अवरोध हटेको हो। त्रिपक्षीय सम्झौता पश्चात निर्माणको नेतृत्व गरिरहेको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका अनुसार अब दश दिनभित्र रुख कटान सुरु गरिनेछ।

बड्डीचौर–खम्बागाडे खण्डको १३.९ किलोमिटर सडक निर्माण जयदेव जेभी कम्पनीले ४२ करोड रुपैयाँमा लिएको हो। दुई पटक म्याद थपिएको यो आयोजना हालसम्म ५० प्रतिशत मात्र प्रगति गर्न सकेको छ।

यद्यपि खम्बागाडेदेखि लगामसम्मका अन्य खण्डमा भने तीव्र रूपमा काम भइरहेको आयोजनाले जनाएको छ। ४७ किलोमिटर लम्बाइको उक्त खण्डमा दुई कम्पनीमार्फत २ अर्ब ५० करोड लागतमा निर्माण कार्य अघि बढिरहेको छ।

मदन भण्डारी राजमार्गले सुर्खेत मात्र होइन, सुदूरपश्चिमको कैलाली र डोटी जिल्लालाई पनि कर्णाली राजधानी वीरेन्द्रनगरसँग जोड्नेछ। अबको समयमा निर्माणको गति र समयमै सम्पन्नता नै स्थानीयको दशकौंको सपना पूरा हुने आधार बन्नेछ।