९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

वीरगञ्ज भन्सार नाका : पेट्रोलियम पदार्थ आयातबाट ८० अर्ब ९२ करोड राजस्व सङ्कलन

वीरगञ्ज भन्सार नाका : पेट्रोलियम पदार्थ आयातबाट ८० अर्ब ९२ करोड राजस्व सङ्कलन
अ अ+ अ-

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा रु एक खर्ब ९१ अर्ब ८८ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । समग्रमा आव २०८० / ८१ को तुलनामा गत आवभरिमा यो नाका हुँदै मूल्यको आधारमा पेट्रोलियम पदार्थको आयात रु एक अर्ब ९४ करोडले घटेको छ ।

सो अवधिमा मूल्यको आधारमा पेट्रोलियम पदार्थको आयात घटेपनि सोबाट प्राप्त हुने राजस्व भने १० दशमलव २३ प्रतिशतअर्थात् रु सात अर्ब ५१ करोडले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले कार्यालयले गत आवभरिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट प्राप्त गरेको बताउनुभयो । “यहाँको भन्सारको राजस्व पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ”, उहाँले भन्नुभयो ।

गत आवभरिमा पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट कार्यालयले रु ८० अर्ब ९२ करोड रकम राजस्व सङ्कलन गरेको छ । जबकी अघिल्लो आव २०८०

/८१ मा पाँचै थरिका पेट्रोलियम पदार्थको आयातबाट रु ७३ अर्ब ४० करोड राजस्व सङ्कलन थियो ।

कार्यालयका अनुसार गत आवभरिमा रु ९९ अर्ब ९५ करोड मूल्य पर्ने ११ लाख ४९ हजार ५२१ किलोलिटर डिजेल आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा रु एक खर्ब पाँच अर्ब ८७ करोड मूल्यको १० लाख ५५ हजार १६० किलोलिटर डिजेलको आयात भएको थियो ।

कार्यालयले गत आवभरिमा डिजेल आयातबापत कार्यालयले रु ४५ अर्ब ७२ करोड राजस्व सङ्कलन गरेको छ भने अघिल्लो आवको सोही अवधिमा भने रु ४२ अर्ब ३६ करोड राजस्व सङ्कलन गरेको थियो ।

त्यस्तै गत आवभरिमा रु ३८ अर्ब ७२ करोड मूल्य पर्ने चार लाख ५३ हजार ८६४ किलोलिटर पेट्रोल आयात भएको छ । जबकी अघिल्लो आवको सोही अवधिमा भने रु ३९ अर्ब दुई करोड मूल्य पर्ने तीन लाख ९४ हजार ७२३ किलोलिटर पेट्रोल आयात भएको थियो । कार्यालयले गत आवभरिमा पेट्रोल आयातबाट रु २५ अर्ब ६६ करोड राजस्व सङ्कलन गरेको छ । जबकी अघिल्लो आवमा भने पेट्रोलबाट रु २२ अर्ब ६२ करोड राजस्व सङ्कलन भएको थियो ।

यो नाका हुँदै गत आवमा रु ३६ अर्ब ३७ करोड मूल्य पर्ने ३१ करोड ८९ लाख २४ हजार ६८४ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । जबकी अघिल्लो आवको सोही अवधिमा भने रु ३० अर्ब मूल्य पर्र्ने २७ करोड ९० लाख ४८ हजार ८७८ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । कार्यालयले गत आवमा एलपिजीबाट रु छ अर्ब ८१ करोड र अघिल्लो आवभरिमा भने रु पाँच अर्ब ६० करोड राजस्व सङ्कलन गरेको थियो ।

यो नाका हुँदै गत आवमा रु १६ अर्ब १४ करोड मूल्य पर्ने एक लाख ८० हजार ६६३ किलोलिटर एटिएफ आयात भएको छ । जबकी अघिल्लो आवमा भने रु १८ अर्ब २१ करोड मूल्य पर्ने एक लाख ७३ हजार ४८४ किलोलिटर एटिएफ आयात भएको छ । कार्यालयले गत आवमा एटिएफ आयातबाट रु दुई अर्ब ५३ करोड र अघिल्लो आवमा भने दुई अर्ब ६४ करोड राजस्व सङ्कलन गरेको थियो ।

यो नाका हुँदै गत आवमा रु ६९ करोड मूल्य पर्ने सात हजार ९३० किलोलिटर मट्टितेल आयात भएको छ । जबकी अघिल्लो आवको सोही अवधिमा भने रु ७१ करोड मूल्य पर्ने छ हजार ८२० किलोलिटर मट्टितेल आयात भएको थियो । गत आवमा मट्टितेल आयातबाट रु २० करोड राजस्व प्राप्त भयो भने अघिल्लो आवमा भने रु १८ करोड राजस्व सङ्कलन भएको थियो ।