७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने

पोखरामा कौसीखेतीप्रति आकर्षण बढ्दै

पोखरामा कौसीखेतीप्रति आकर्षण बढ्दै
अ+ अ-

गण्डकी । पोखरा महानगरपालिका-१३ पाटनबेँसीमा पत्रकार शिरोमणि बरालले घरको कौसीमा ड्रागन फलको खेती सुरु गर्नुभएको आठ महिना भयो । उहाँको कौसीमा लगाइएका ड्रागनका बोटहरूमा फल लाग्न थालिसकेका छन् ।

सुरु गरेको आठ महिना नपुग्दै ड्रागल फल्न थालेपछि उहाँ दङ्ग हुनुहन्छ । ड्रागन फलका कारण कौसीमा हरियाली छाएको भन्दै फल्दै गरेका बोट हेर्दा पनि आनन्दको अनुभूति हुने गरेको उहाँले अनुभव सुनाउनुभयो ।

ड्रागन फल लगाउन आफ्नो श्रमबाहेक करिब रु ७० हजार लगानी गरेको जनाउँदै उहाँले घरमा ल्याउने गरिएका बजारका विषादीयुक्त फलफूल तथा तरकारीको प्रयोग कम गर्नका लागि पनि विशेषतः बजार क्षेत्रमा कौसीखेती महत्त्वपूर्ण विकल्प हुने बताउनुभयो ।

“बजार क्षेत्रमा आफ्नो घरको छतको समेत अधिक उपयोग गर्न कौसीखेती उपयुक्त विकल्प हो”, बरालले भन्नुभयो, “बजारमा पाइने तरकारी तथा फलफूलमा विषादीको बढ्दो प्रयोगका कारण हाम्रो स्वास्थ्य दिनानुदिन जटिल बन्दै गएका अवस्थामा विकल्पका रूपमा कौसीखेती गर्न सकिन्छ ।”

कौसीमा फलफूलसँगै दैनिक भान्छामा अत्यावश्यक पर्ने गोलभेँडा, धनियाँ, लसुन, प्याजलगायत अन्य तरकारी फलाउन सकिने बताउँदै उहाँले घरमा बिहान–बेलुका फालिने तरकारी तथा अन्य वस्तुहरूलाई जैविक मलका रूपमा उपयोग गर्न सकिने अनुभव सुनाउनुभयो ।

आफूले कुनै पनि अनुदान सहयोगबिना व्यक्तिगत रूपमा कौसीखेती सुरु गरेको बताउँदै बरालले सहरी क्षेत्रमा प्रत्येक घरमा कौसीखेतीलाई अभियानका रूपमा अघि बढाउनु जरुरी रहेको धारणा राख्नुभयो ।

बरालजस्तै पछिल्ला वर्षमा पोखराका बजारमा क्षेत्रमा स्थानीयहरूको कौसी खेतीप्रतिको आकर्षण बढिरहेको छ । पोखरा महानगरपालिकाले बजार क्षेत्रलाई लक्षित गरी कौसीखेती प्रवर्द्धन कार्यक्रमसमेत सञ्चालन गरिरहेको महानगरका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।

पोखरा क्षेत्रमा स्थानीय कौसीखेतीतर्फ आकर्षित बनिरहेका उल्लेख गर्दै उहाँले महानगरले पोखराका मुख्य बजार क्षेत्रलाई लक्षित गरी प्रवर्द्धन कार्यक्रममा जोड दिएको बताउनुुभयो । प्रत्येक वडामा कौसीखेती प्रवर्द्धन कार्यक्रमका लागि रु एक लाख ५० हजारका दरले बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गरिँदै आइएको उहाँको भनाइ छ ।

कतिपय वडामा कौसीखेतीका लागि वडामार्फत बीउबिजन उपलब्ध गराइएको जनाउँदै कडरियाले प्रवर्द्धन कार्यक्रममार्फत कम्पोष्ट बिनमा ५० प्रतिशत र प्राङ्गारिक मलमा ५० प्रतिशत अनुदानसमेत उपलब्ध गराइएको बताउनुभयो ।

“कौसीखेती प्रवर्द्धन कार्यक्रममार्फत सहरी फोहोर व्यवस्थापन, हरियाली निर्माण, स्वस्थ्य उत्पादन एवं स्रोतको उपयोगजस्ता उद्देश्य राखिएको छ”, उहाँले भन्नुभयो, “वडास्तरीय कृषि सञ्जालका माध्यमबाट वडा अभियानका रूपमा यी कार्यक्रम अघि बढाइएका छन् ।” रासस