२२ भाद्र २०८३, सोमबार
,
Latest
ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई वैदेशिक पलायनबाट रोक्ने र फर्किएका युवाको पुँजी तथा सिपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले सरकारले २०८२ देखि २०९२ सम्मलाई ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक’ घोषणा गरेको उल्लेख गर्नुभयो । उहाँले उद्योग, पर्यटन लगायतका विकासका प्रमुख क्षेत्रहरूमा निजी तथा सरकारी लगानी बढिरहेको उल्लेख गर्दै ती क्षेत्रहरूमा उल्लेखनीय रोजगारीको सम्भावना रहेको पनि बताउनु भयो । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रममा पुनः संरचना गर्ने र यसलाई अझ सिपमूलक र परिणाममुखी बनाउने योजना रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई स्वेदशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएकाहरुको पूँजी र सिपलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्नु रहेको छ । सरकारले वि. स. २०८२ देखि २०९२ सम्मलाई आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा गरेको हो । एक हिसाबले यो उत्पादनशीलता दशक पनि हो । नेपालका विकास प्रमुख क्षेत्रहरु उद्योग, पर्यटन लगायतका क्षेत्रमा निजी तथा सरकारीस्तरबाट ठुलो लगानी भइरहेकोले  ति क्षेत्रमा उल्लेखनीय रोजगारी सिर्जना हुने अवस्था छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई  राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रममा पुर्नसंरचना गर्ने र यसलाई अझ सीपमुलक र रोजगारमुलक बनाउने नीति सरकारले लिएको छ ।’

अगामी दशकलाई रोजगारी र उत्पादनशीलता वृद्धि गर्ने युगको रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको उहाँको भनाइ छ ।