२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय सरकारलाई ब्युँझाउन जरुरीः सांसद पाण्डे



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले स्थानीय सरकारलाई ब्युँझाउन जरुरी रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले यसलाई प्रभावकारी रुपमा अघि बढाउन जरुरी रहेको बताउनु भयो । उहाँले संघ सरकार भनेको टेलिभिजनबाट जनताले देख्ने सरकार भएको र प्रदेश सरकार नजिक एउटा सरकार छ रे भनेर सुन्ने सरकार भएको भन्दै स्थानीय सरकार नै जनताको नजिकको सरकार भएको बताउनु यो ।

उहाँले भन्नुभयो, ‘स्थानीय सरकारलाई हामीले अलि ब्युँझाउने कोशिस गरेका छैनौँ । संघ सरकार भनेको टेलिभिजनबाट जनताले देख्ने सरकार हो । प्रदेश सरकार भनेको हामी नजिकै एउटा सरकार छ रे भनेर सुन्ने सरकार हो । स्थानीय सरकार भनेको घरमा मान्छे मर्दा कात्रो किन्ने पैसा भएन भने मेरो घरमा लाश उठेन भनेर कात्रो किन्नलाई गएर पालिकाको प्रमुखको घुँडामा टाउको राखेर रुन पाउने सरकार हो । त्यो सरकार आज के छ ? ठिक ढंगले चलिरहेको छ की छैन की ?’

सांसद पाण्डेले स्थानीय सरकारमा रहेका जनप्रतिनिधिहरुले जनताको हितमा राम्रोसँग काम गरेको वा नगरेको भन्नेबारेमा केन्द्रिय नेताहरुले निरीक्षण गरिरहनुपर्ने बताउनु भयो ।