७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

पर्यटन प्रवर्द्धनका लागि मौलिक संस्कृति र सम्पदाको संरक्षण

पर्यटन प्रवर्द्धनका लागि मौलिक संस्कृति र सम्पदाको संरक्षण
default
अ+ अ-

म्याग्दी । पर्यटन प्रवर्द्धनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ हिस्तानमा मौलिक संस्कृति र सम्पदा संरक्षणगर्न थालिएको छ । यस वडामा बाहुल्य बसोबास रहेको मगर समुदायको मौलिक सम्पदा भूमे थान, धार्मिकस्थल गिद्धेश्वर मन्दिर, कला र संस्कृतिको संरक्षण तथा व्यवस्थापनमार्फत पर्यटन प्रवर्द्धनको प्रयास थालिएको हो ।

भूमे पूजा गर्ने संस्कृतिको निरन्तरताका लागि थानहरूको संरक्षण, मौलिक पुख्र्यौली नृत्यको पुस्तान्तरण र जनजीवनमा प्रयोग हुने सामग्रीहरूको संरक्षणका सङ्ग्रहालय भवन बनाइएको अन्नपूर्ण–७ का वडाध्यक्ष मइलन गर्बुजा पुनले जानकारी दिनुभयो ।

मगर समुदायमा भूमे थानको धार्मिक र सांस्कृतिक महत्त्व छ । भूमे थानमा यस समुदायले प्रकृतिको पूजा गर्छन् । धार्मिकस्थल र संस्कृति संरक्षणको साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष हिस्तानको घराम्दी र रिमास्थित भूमेथानमा पूर्वाधार निर्माण गरेको वडाअध्यक्ष पुनले बताउनुभयो ।

“गाउँपालिकाको रु नौ लाख बजेटबाट घेराबार, पदमार्ग र पर्खाल बनाएर संरक्षण गरिएको हो । रिमाको भूमेथानमा समुदायले आर्थिक सहयोग जुटाएर निरन्तरता दिएका छन्”, उहाँले भन्नुभयो, “रु १२ लाख बजेटबाट घराम्दीको भूमेथान वरपर तारजाली लगाएर घेराबार, खानेपानी, सार्वजनिक शौचालय, पदमार्ग र आश्रयस्थल निर्माण भएका छन् ।”

प्रधानमन्त्री रोजगार कार्यक्रमको रु छ लाख ९० हजार बजेटबाट घराम्दी गाउँबाट भूमेथान जोड्ने ढुङ्गाको सिँढीसहितको पदमार्ग निर्माण भएको छ । भूमेथान वरपर पर्खाल, तारबार र फलामको घेराबार गरेपछि दुर्घटनाको जोखिम हटेको अन्नपूर्ण–७ का वडा सदस्य गेमबहादुर पुनले बताउनुभयो ।

“पूजाआजाको समयमा भीडभाड हुँदा साँघुरो ठाउँमा लडेर दुर्घटना हुने जोखिम थियो”, उहाँले भन्नुभयो, “घेराबार, पदमार्ग र खानेपानीलगायत पूर्वाधार बनेपछि सहज र सुरक्षित भएको छ ।” भूमेपूजाका लागि सहरबजार र विदेशमा गएकाहरु पनि आफ्नो जन्मथलो फर्कंदा चहलपहल हुन्छ ।

“म्याग्दीका सबै मगर बस्तीमा जेठ महिनामा भूमे पूजा गर्ने चलन छ । केही ठाउँमा मङ्सिरमा भूमे पूजा गरिन्छ । गाउँलेहरू भेला भएर साझा रूपमा भूमे पूजा गरेर भोज र मगर संस्कृतिमा आधारित पुख्र्यौली नाच प्रस्तुत गर्छन्”, उहाँले भन्नुभयो ।

विपद् र अनिष्ट नहोस् भन्ने कामनासहित भूमेको थानमा भेँडाको साँढेको बलि चढाएर नाचगान गर्दै जमिन र प्रकृतिको पूजा गर्ने चलन रहेको अन्नपूर्ण–७ का पूर्ववडाध्यक्ष गमप्रसाद फगामीले बताउनुभयो । उहाँका अनुसार अन्नपूर्ण गाउँपालिकाले टिकोटमा पर्यटक आकर्षित गर्न, भुलाउन र परम्परागत मौलिक सामग्रीको संरक्षण गर्न सङ्ग्रहालय स्थापनाका लागि भवन बनाइएको छ ।

पछिल्लो दुई आर्थिक वर्षमा विनियोजन भएको रु २९ लाख बजेटबाट निर्माण भएको दुईतले भवनमा दैनिक जीवनयापनमा प्रयोग हुने परम्परागत मौलिक सामग्री सङ्कलन गरेर राखिने वडा सदस्य बुद्धिवीर पुनले बताउनुभयो ।

यसैगरी, हिस्तानको औलास्थित धार्मिकस्थल गिद्धेश्वर मन्दिर जोड्ने पदमार्गलगायत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन भएको छ । विभिन्न टोलका पुख्र्यौली नृत्य समूहलाई पोसाक सहयोग र युवा पुस्तालाई कला हस्तान्तरणका लागि प्रशिक्षण सञ्चालन भएका छन् ।

हिस्तानको घराम्दीस्थित प्यारीबाराही तालको वरपर पदमार्ग निर्माण र तालमा उम्रिएको झार निकालेर सफा गरिएको छ । गुराँसे जङ्गलका बीचमा रहेको हिस्तानको फूलबारीमा गुराँस पार्क बनाइएको छ । अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय र करवाकेली पदमार्गमा समेटिएको हिस्तानको आकर्षण प्रकृति र संस्कृति हो ।