७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता

विदेशी सीप स्वदेशमा लगाउँदै सुलभ सिग्देल, जसले दिए पाँच हजार बढीलाई शैलुन तालिम

विदेशी सीप स्वदेशमा लगाउँदै सुलभ सिग्देल, जसले दिए पाँच हजार बढीलाई शैलुन तालिम
अ+ अ-

चितवन । विदेशबाट फर्किएर यहाँ शैलुन व्यवसाय सञ्चालन गर्दै आउनुभएका एक युवाले पाँच हजार २०० जनालाई कपाल काट्ने तालिम दिनुभएको छ । उनीहरुमध्ये १२० जनालाई उहाँले निःशुल्क तालिम दिनुभएको हो ।

भरतपुरका सुलभ सिग्देलले यहाँको सिजी ल्याण्डमार्कमा पपुलर शैलुन सञ्चालन गर्दै आउनुभएको छ । उहाँले त्यहीबाट तालिम र कपाल काट्ने काम गर्दै आउनुभएको छ । बाह्र वर्षअघि तीन वर्ष विदेश बसेर फर्कनुभएका सिग्देलसँग तालिम लिएका ३२ जनाले चितवन र आसपासका क्षेत्रमा शैलुन सञ्चालन गर्दै आएका छन् । उहाँले भन्नुभयो, “यहाँ सिकेर नेपाल र विदेशमा अरुको सैलुनमा काम गर्ने धेरै छन् ।” विभिन्न सङ्घ संस्थाको साझेदारीमा धेरै तालिम सञ्चालन गरेको उहाँ बताउनुहुन्छ । नीजि खर्चमा तालिम लिन आउनेहरु पनि प्रसस्तै हुने गरेका छन् । पछिल्ला वर्षहरुमा शैलुन सुरु गरेको दिन पारेर निःशुल्क तालिम समेत दिने गरेको उहाँले बताउनुभयो ।

यस वर्ष उहाँले १०१ जना युवालाई निःशुल्क सीपमूलक तालिम घोषणा गर्नुभएको छ । सिग्देलले आफ्नो कम्पनी पपुलर जागरण प्रालिले स्थापना दिवसको अवसर पारेर युवालाई निःशुल्क सीपमूलक तालिम दिने घोषणा गर्नुभएको हो । पपुलरले सामाजिक उत्तरदायित्वअन्तर्गत कपाल काट्ने, उद्घोषण, कपडाको झोला बनाउने, टपरी बुन्ने र लागुऔषध दुव्र्यसनीसम्बन्धी सचेतनामूलक तालिम दिन लागेको उहाँले बताउनुभयो ।

कपाल काट्ने तालिम २१ जना, उद्घोषण तालिम २० जना, कपडाको झोला बनाउने तालिम २० जना, टपरी बुन्ने तालिम २० जना र लागुऔषध दुव्र्यसनी न्यूनीकरणसम्बन्धी तालिम २० जनाभन्दा बढीलाई दिइने उहाँले बताउनुभयो । “नेपालमै स्वरोजगार बन्न चाहानेका लागि प्राथमिकतामा राखिनेछ”, उहाँले भन्नुभयो, “विदेश पलायन हुनेक्रमलाई केही हदसम्म भए पनि कम गर्न सहयोग पुग्नेछ ।” सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई टपरी बुन्ने तालिम दिइने उहाँले बताउनुभयो । “विद्यार्थीदेखि विदेश गएर फर्किएका युवायुवतीलाई लक्षित गरी हामीले तालिम दिन लागेका हौँ”, उहाँले भन्नुभयो, “सबै तालिमहरु हामीले एक महिनाभित्र दिइसक्छौँ ।” नब्बे घण्टा लामो कपाल काट्ने तालिम एक महिनामा सक्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । व्यावसायिक रुपमा कपाल काट्ने तालिम लिने एक जनाबाट रु ३० हजार लिने गरिएको उहाँले बताउनुभयो । रासस