९ पुष २०८२, बुधबार
,
Latest
तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यास चुहिएर दुई घरमा आगलागीः चार जना घाइते



अ+ अ-

झापा । हल्दिबारी गाउँपालिका–४ को एक घरमा आज आगलागी नियन्त्रण गर्ने क्रममा चार जना घाइते भएका छन् ।

स्थानीय पुण्यप्रसाद ओलीको दुई तले घरको माथिल्लो तलामा रहेको भान्सा कोठामा रोटी पकाउने क्रममा एलपी ग्यास चुहावट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

भान्सामा सल्किएको आगो निभाउने क्रममा सोही घरका ६० वर्षीय पुण्यप्रसाद ओली, उहाँको ३३ वर्षीय जेठो छोरा सन्तोष ओली, ३२ वर्षीया बुहारी अनिता ओली र २० वर्षीय कान्छो छोरा आर्यन ओली घाइते भएका हुन् । घाइते चारै जनाको शरीरको विभिन्न भागमा आगोले पोलेको छ ।

घाइते चारै जनालाई स्थानीयवासी भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचारका लागि पुर्‍याइएको थियो । घाइतेको अवस्था गम्भीर रहेको कारण भद्रपुरबाट घाइतेलाई विराटनगर रेफर गरिएको बताइएको छ ।

बिहान ८ः४५ बजेतिर भान्सा कोठामा ग्यास चुहावट भएर आगलागी भएको थियो । आगलागीबाट भान्सा कोठामा आंशिक क्षति भएको प्रहरीले जनाएको छ । हल्दिबारीको कञ्चनश्रीस्थित अस्थायी प्रहरी पोस्टबाट आगलागी नियन्त्रणमा प्रहरी टोली परिचालन भएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

यसैगरी, कचनकबल गाउँपालिका–६ बनियानीस्थित रतनलाल राजवंशीको भान्सा घरमा सोमवार सिलिन्डरबाट ग्यास चुहावट हुँदा आगलागी भएको छ ।

प्रहरीका अनुसार उक्त आगलागीबाट मानवीय तथा चौपाया क्षति भएको छैन । तर, भान्सा कोठामा रहेको फ्रिज एक थान, पानी तान्ने मोटर एक थान, भान्साको जस्ता छाना र चुलो डढेर क्षति भएको छ ।

आगलागी भएको खबर पाएपछि बनियानीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण गरेको थियो ।