१ भाद्र २०८३, सोमबार
,
Latest
चितवनमा बङ्गलादेशी फोटो पत्रकार टोलीलाई स्वागत बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभामा पेश बाध्यताले नभई अवसरका लागि मात्र विदेश जाने वातावरण बनाउँदैछौँः श्रममन्त्री ऊर्जा र युवा जनशक्तिको अवसर समयमै उपयोग गर्नुपर्छ : अञ्जन श्रेष्ठ गगन–देउवाबीचको दूरी घटाउन पहल गर्छुः डा. शशांक कोईराला संक्रामक पशु रोग नियन्त्रण विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार : १६ जना एक–एक लाखका विजेता, एक जनालाई बम्पर… सांसद तामाङको प्रश्न–सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने ? सरकारको निरङ्कुशताविरुद्ध सडकमा उत्रिन विद्यार्थी संगठनहरुलाई एमाले सांसद बरालको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षा व्यापक बनाउनुपर्छः देउवा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस समाजवादी पार्टी भएको दाबी गर्दै प्रतिष्पर्धी पार्टीमध्ये काँग्रेसको आदर्श र सिद्धान्त सबैभन्दा राम्रो भएको बताउनुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पार्टीको सिद्धान्त र आदर्श अहिले सबैभन्दा महत्वपूर्ण कुरा भएको बताउनु भयो । काँग्रेसको सिद्धान्त र आदर्शलाई देशव्यापी रुपमा बुझाउन आवश्यक रहेको पनि उल्लेख गर्नुभयो । काँग्रेस सबैभन्दा पुरानो पार्टी, राम्रो सिद्धान्त, आदर्श प्रजातान्त्रिक समाजवाद भएको पार्टी भएको बताउनु भयो । काँग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षा व्यापक बनाउनसके बहुमत प्राप्त गर्ने पार्टीका रुपमा अघि बढाउन सकिने जरुरी रहेको बताउनु भयो ।

सभापति देउवाले भन्नुभयो, ‘आजको जमानामा पार्टीको सिद्धान्त, आदर्श, धेरै महत्वपूर्ण कुरा छ । प्रतिष्पर्धी पार्टीहरुमध्ये हाम्रो सबैभन्दा राम्रो सिद्धान्त छ । हाम्रो पार्टीको सिद्धान्त र आदर्शलाई देशव्यापी रुपमा बुझाउन आवश्यक छ । सबैभन्दा पुरानो पार्टी, राम्रो सिद्धान्त, आदर्श प्रजातान्त्रिक समाजवाद छ । समाजवादी पार्टी हो । त्यसलाई त्यसको शिक्षाहरुलाई अझ व्यापक रुपमा बुझाउनसके नेपालमा नेपाली काँग्रेस एउटा ठूलो पार्टी त छँदैछ, अझ बहुमत प्राप्त गर्नसक्ने पार्टी हुनसक्छ । यद्यपि अहिलेको समावेशी, समानुपातिक आधारमा जो व्यवस्था छ, त्यसले सबै तहका नेपालका सबै दाजुभाई दिदिबहिनीहरुलाई समावेश गर्ने किसिमको समावेशी सिद्धान्तका आधारमा संविधान बनेको छ ।’

सभापति देउवाले आदिवासी जनजाति सबै जातजातिहरुलाई काँग्रेसमा समेट्न जरुरी रहेको बताउनु भयो ।