२५ श्रावण २०८३, सोमबार
,
Latest
विधि विज्ञान प्रयोगशाला विधेयकः कार्यकारी निर्देशकको उमेर हद हटाउन सांसद बरालको माग प्रधानमन्त्री साहलाई काँग्रेस सांसद काउचाले भनिन्– ‘कालो चश्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न’ यी २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीसँग अर्थमन्त्री वाग्लेकाे छलफल सुरू निजी क्षेत्रको सफलता नै राष्ट्रको आर्थिक समृद्धिको आधारः अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री शाहलाई भारतीय राजदूत श्रीवास्तवमार्फत मोदीको शुभकामना कैलालीका शिवालयमा भक्तजनको घुइँचो लोकतन्त्रको सुदृढीकरणका लागि मातृभाषा पत्रकारिता अपरिहार्यः मन्त्री गौतम दोलखाको यलुङ–री हिमपहिरोमा बेपत्ता पाँच आरोहीको शव नौ महिनापछि भेटियो हेटौँडाको संस्कृत वेद विद्यालयमा प्राचीन धर्मग्रन्थको पुस्तकालय बनाइँदै विनोदले गाउँ छोडेका छैनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको उपाध्यक्षमा मुकुन्दश्याम गिरीलाई पुनर्बहाली गर्न १६ जनाको संयुक्त अपिल



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र विवाद चुलिएको छ । कर्णाली प्रदेश राप्रपाका १५ जना केन्द्रीय पदाधिकारी र सदस्यहरूले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई गरिएको कारबाही फिर्ता गर्न माग गरेका छन् ।

संयुक्त रुपमा वक्तव्य जारी गर्दै १५ जना पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले कारबाही फिर्ता गर्न अध्यक्ष राजेन्द्र लिङ्देनसमक्ष माग गरेका हुन् ।

पार्टीको स्थापनाकालदेखि सक्रिय रहेका गरीलाई पदमुक्त गरेकोप्रति ध्यानाकर्षण गराउँदै उनीहरुले विधानविपरीत भएको कारबाही तत्काल फिर्ता गर्न आग्रह गरेका छन् ।

पार्टी सञ्चालनको विषयलाई लिएर जारी गरिएको वक्तव्यमा गिरी पनि सहभागी भएपछि अध्यक्ष लिङ्देनले मुदमुक्त गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष गिरी, महामन्त्रीद्वय डा. धवलशम्शेर राणा र कुन्ती शाहीले संयुक्त वक्तव्य जारी गर्दै लिङ्देनको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।

आफूमाथि प्रश्न उठ्न थालेपछि लिङ्देनले सामाजिक सञ्जालमा समेत पार्टीबारे लेख्न र बोल्न बन्देज लगाएका छन् । त्यसो गरे अनुशासनको कारबाही गर्ने चेतावनी दिएका छन् ।

पदमुक्त गरिएका गिरी आजै निर्वाचन आयोग जान लागेका छन् । विधानविपरीत कारबाही गरिएको भन्दै उनी आयोग जान लागेका हुन् ।

गिरीको कारबाही फुकुवाको माग गर्दै जारी संयुक्त अपिल–