९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सम्पदाको प्रवर्द्धन गर्न ‘कोरा साइकलिङ च्यालेञ्ज’

सम्पदाको प्रवर्द्धन गर्न ‘कोरा साइकलिङ च्यालेञ्ज’
अ अ+ अ-

नुवाकोट। विदुर नगरपालिकाले पर्यावरणमैत्री यात्रा, शारीरिक स्वास्थ्य प्रवर्द्धन, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन र परोपकारी उद्देश्यसहित ‘कोरा साइकलिङ च्यालेञ्ज’ आयोजना गरेको छ । आज आयोजना गरिएको साइकल यात्रामा एक सय ५० भन्दाबढीको सहभागिता थियो ।

विदुरले आफ्नो पालिकासहित जिल्लाका धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक स्थानको प्रचारप्रसारलाई लक्षित गर्दै सञ्चालन गरेको १३ किलोमिटर साइकल यात्रा सफलतापूर्वक सम्पन्न भएको नगर कार्यालयले जनाएको छ ।

नुवाकोटसहित रसुवा, धादिङ, काठमाडौँलगायत जिल्लाबाट आएका व्यावसायिक साइकलिस्टहरूको सहभागिताले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह भएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा पहिलो पटक गरिएको साइकल यात्रामा उत्साहजनक सहभागिताले आगामी दिनमा नयाँ संस्करणका कार्यक्रम सञ्चालनमा हौसला प्राप्त भएको छ ।

“धार्मिक तथा ऐतिहासिक सम्पदामा वातावरणमैत्री यात्रा गर्दै परोपकारी कार्यका लागि आर्थिक सङ्कलनलाई मूल लक्ष्य बनाउनुका साथै सहभागीलाई शारीरिक रूपमा स्वस्थ्य बनाउन कार्यक्रम केन्द्रित गरेका हौँ”, उहाँले भन्नुभयो, “यस कार्यक्रमलाई साइकलिङ मात्र नभइ एउटा सामाजिक परिवर्तनको अभियानका रूपमा आगामी दिनमा निरन्तरता दिनेछौँ ।”

‘कोरा साइकलिङ च्यालेञ्ज’ अभियानबाट सङ्कलित सहयोग रकम सिन्धुपाल्चोकको दुर्गम क्षेत्रमा बसोबास गर्ने दनुवार समुदायलाई सौर्यबत्ती वितरण गर्न केन्द्रित गरिने नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । अहिलेसम्म विद्युत् सेवा नपुगेको उक्त क्षेत्रमा टुकीको भरमा दैनिकी बिताइरहेका परिवारका लागि सङ्कलित रकमले सौर्य ऊर्जा जडानमार्फत गर्ने उद्देश्यले रकम सङ्कलन गरिएको उहाँले बताउनुभयो ।

सामाजिक जागरुकता र सहकार्य प्रवर्द्धनमा टेवा पु¥याउनका लागि सबैलाई आ–आफ्नो स्थानबाट योगदान गर्न नगरप्रमुख श्रेष्ठले आह्वान गर्नुभयो ।

साइकल यात्रामा नगरप्रमुख श्रेष्ठसहित उपप्रमुख प्रभा बोगटी, नेपाली सेनाको ६ नं बाहिनी अड्डा, धादिङका बाहिनीपति सुवासजङग थापा, शेर गण नुवाकोटका गणपति अशोककुमार मल्ल, सैन्य तालिम केन्द्र त्रिशूलीका केन्द्र प्रमुख देवराज भट्ट, वडा नं १ का वडाध्यक्ष लेनिन रञ्जितलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता थियो ।

याइकल यात्रा विदुर नगरपालिकाको प्रमुख प्रशासकीय कार्यालयबाट सुरु भएर विदुरचोक, वनदेवी मन्दिर–इन्द्रचोक–स्वयम्भू, महाचैत्यसम्म पुगेको थियो । त्यहाँबाट फर्कने क्रममा नुवाकोट साततले दरबार–भैरवीदेवी मन्दिर–धरमपानी–बाराही मन्दिर–बट्टार पुरानोपाटी हुँदै पुनः विदुर नगरपालिकाको कार्यालयमा पुगेर सम्पन्न गरिएको नगर कार्यालयले जनाएको छ । यात्रा पूरा हुन चार घण्टा लागेको थियो । रासस