९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

फिलोसफिकल रिसर्च सेन्टरले मातृभाषामा पनि सामग्री प्रकाशन गर्ने

फिलोसफिकल रिसर्च सेन्टरले मातृभाषामा पनि सामग्री प्रकाशन गर्ने
अ अ+ अ-

काठमाडौँ। नेपाल फिलोसफिकल रिसर्च सेन्टरले अङ्ग्रेजी भाषामा सीमित शोध प्रकाशन गर्दै आएकामा अब नेपाली र अन्य मातृभाषामा पनि प्रकाशित गर्ने भएको छ ।

सेन्टरले आज यहाँ आयोजना गरेको ‘अनुसन्धान सञ्जाल निर्माण’ कार्यक्रममा समावेशी ज्ञानको विकासमा मातृभाषासम्बन्धी सामग्री प्रकाशनको सुरुआत गर्न लागिएको जनाएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष डा तेजबहादुर कार्कीले अनुसन्धान र खोज तथा यसको प्रकाशनमार्फत ज्ञानको सिर्जना र प्रचारप्रसारमा सेन्टरले सहयोगी निकायका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

उहाँले संस्थाको प्रभावकारिता पछिल्लो समय सशक्त र प्रभावशाली बन्दै गएको उल्लेख गर्दै अनुसन्धानको क्षेत्रमा यसको पहिचान स्थापित गराउन ऐतिहासिक पहल थालिएको बताउनुभयो ।

संस्थाका उपाध्यक्ष डा दशरथ न्यौपानेले सेन्टरबाट प्रकाशित बहुविषयक ‘जर्नल’हरूले अन्तरराष्ट्रिय मान्यता प्राप्त गरिसकेका उल्लेख गर्दै स्वदेश तथा विदेशमा यसले सकारात्मक प्रभाव परिरहेको जानकारी दिनुभयो ।

उहाँले जर्नलमा प्रकाशित लेखमा विद्वानहरूको सहभागिता बढ्दै गएको उल्लेख गर्नुभयो । संस्थाले अब मातृभाषामा शोध प्रकाशन थालनी गर्दै अनुसन्धानको पहुँच विस्तार गर्ने दिशामा नयाँ अध्याय सुरु गरेको उहाँको भनाइ छ ।

कार्यक्रममा मुलुकका विभिन्न विश्वविद्यालय, अनुसन्धान संस्था तथा शैक्षिक निकायमा आवद्ध विद्वान, अनुसन्धानकर्ता, सरोकार भएका व्यक्तिलगायतले अनुसन्धान, लेख र यसको प्रकाशनलाई समयसापेक्ष बनाउँदै लैजानुपर्ने धारणा राख्नुभएको थियो ।

वैज्ञानिक तथा समाजशास्त्रीय अनुसन्धानले राष्ट्रिय नीति निर्माणदेखि व्यवहारिक जीवनमासमेत सकारात्मक प्रभाव पार्ने भन्दै यो दिशामा संस्थाले अघि सारेका पहल प्रशंसायोग्य रहेको वक्ताहरूको भनाइ थियो । राज्यले अनुसन्धानको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा ठोस कदन नचालेकोप्रति सरोकार भएकाहरूले ध्यानाकर्षण गराउनुभएको थियो ।

रिसर्च सेन्टरले बहुविषयक अनुसन्धानमा आधारित जर्नलहरू नियमित रूपमा प्रकाशन गर्दै आइरहेको छ । संस्थाले समाजशास्त्र, व्यवस्थापन, राजनीति, सूचना प्रविधि, वातावरण, स्वास्थ्य, कानुन, शिक्षालगायत विविध क्षेत्रमा आधारित भएर अध्ययन, अनुसन्धानलाई प्राथमिकता दिँदै आएको छ ।  रासस