१२ श्रावण २०८३, मंगलवार
,
Latest
लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त कर्णाली मुख्यमन्त्रीमा नेता शाही नियुक्त एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद



अ+ अ-

सिरहा। जिल्लाको सुखीपुर नगरपालिका-४ पोखरियास्थित एक घरबाट सात क्विन्टलभन्दा बढी लागुऔषध गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान गरिएको संयुक्त अपरेसनमा सात क्विन्टल १७ किलो तौल भएको २७ पोका गाँजा बरामद गरिएको हो ।

प्रहरी चौकी सिलौर्वापछवारी र सशस्त्र प्रहरी बल बेस क्याम्प सुखीपुरबाट खटिएको टोलीले ६० वर्षीय मेदी यादवको घरमा जाँच गर्ने क्रममा गाँजा लुकाइछिपाइ राखिएको अवस्थामा फेला पारेको हो ।

सुराकी सूचनाका आधारमा गरिएको अपरेसनमा प्रारम्भमा २६ पोका गाँजा बरामद भएकामा, खोजतलासका क्रममा थप एक पोका फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाँजा बरामद भए पनि घरधनी यादव भने घटनास्थलबाट फरार छन् । हाल निजको खोजी कार्य जारी रहेको बताउँदै बरामद गाँजालाई आवश्यक कानुनी प्रक्रियाअघि बढाउन जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी नायब उपरीक्षक पासवानले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ ।  रासस