८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द

वामदेवको दाबीः मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन

वामदेवको दाबीः मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता वामदेव गौतमले आफूले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल नभएको दाबी गर्नुभएको छ ।

नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफूले जिम्मा लिएको आन्दोलन अहिलेसम्म सफल मात्रै भएको जिकिर गर्नुभयो । एक्लै हुँदा सफल हुन नसकेको भन्दै अब आफू एकता गरेर नेकपा (एकीकृत समाजवादी) मा आएको बताउनु भयो । नेपालमा कम्युनिष्ट पार्टी एउटै निर्माण गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज म एक्लै आएको छैन । एक्लै आउँदा कहिल्यै पनि सफल भइन । चार वर्ष लाग्यो । त्यसो भएर आज म नेकपा एकता राष्ट्रिय अभियान बोकेर आएको छु । धेरै कमरेडहरुलाई सँगै ल्याएको छु । नेपालमा कम्युनिष्ट पार्टी एउटै निर्माण गर्नुपर्छ । छरिएर रहेका कम्युनिष्ट पार्टीलाई एकतावद्ध गर्नुपर्छ । आवश्यकता प¥यो भने यि हातहरु हतियारको रुमपा प्रयोग हुन्छन् । हतियारको रुपमा प्रयोग गर्दछु । म आन्दोलनको नेता हुँ । मैले जिम्मा लिएको आन्दोलन अहिलेसम्म असफल भएकै छैन । सफलतमात्रै प्राप्त भएको छ ।’

नेता गौतमले नेपाली जनतालाई मालिक बनाएर छोड्ने बताउनु भयो ।