२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्नु आजको आवश्यकताः झलनाथ खनाल

सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्नु आजको आवश्यकताः झलनाथ खनाल
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाल राष्ट्रिय एकता अभियानसँगको एकतालाई कम्युनिष्ट आन्दोलनको एकताका रुपमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकताको निम्ति सही नीति, सिद्धान्त र कार्यदिशा आवश्यक पर्ने बताउनु भयो । नीति बिनाको एकताको औचित्य नरहने जिकिर गर्नुभयो । साझा धारणा बनाएर सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्नु आजको आवश्यकता भएको बताउनु भयो । नेपाल आज समाजवादी क्रान्तिको रुपान्तरणको युगमा रहेको र होशियारीपूर्वक अघि बढ्नुपर्ने खाँचो रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एकताको निम्ति सही नीति, सही सिद्धान्त, सही कार्यदिशा आवश्यक पर्दछ । नीति बिनाको एकता सम्भव हुँदैन । के नीतिमा हामी एकतावद्ध हुन्छौँ, कस्तो कार्यदिशा र सिद्धान्तको आधारमा एकतावद्ध हुन्छाँै भन्नेकुरामा चिन्तनमनन गरेर साझा धारणा बनाएर सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्नु आजको आवश्यकता हो । यो एकता प्रक्रिया यो पार्टीलाई अझ बलियो बनाउनका लागि भएको हो । आज हाम्रो देश समाजवादी क्रान्तिको रुपान्तरणको युगमा छ । यो समाजवादी क्रान्ति र रुपान्तरणको युगबाट अघि बढिरहँदा हामीले धेरै होशियारीपूर्वक अघि बढ्नुपर्ने आवश्यकता छ । यो एकतालाई हामीले कम्युनिष्ट आन्दोलनको एकताको रुपमा, देशव्यापी एकताको रुपमा, नीतिगत सिद्धान्त र लक्ष्यको एकताका रुपमा बदल्ने संकल्प गरौँ ।’

सम्मानित नेता खनालले कम्युनिष्ट आन्दोलनलाई वैचारिक, राजनीतिक, सैद्धान्तिक, संगठनात्मक रुपमा रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।