४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस र वामदेवको अभियानबीच एकता हुनुपूर्व तस्बिर खिचाउँदै नेताहरु



अ+ अ-

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच आज एकता हुँदै छ ।

राष्ट्रिय सभा गृहमा केहीबेरमा एकता घोषणा सभा हुँदैछ । त्यसअघि नेताहरुले सामूहिक तस्बिर खिचाएका छन् ।

गत असार २७ गते नै नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

तस्बिरः सुदेश पराजुली