३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीलाई विधान महाधिवेशनमा विशिष्ट अतिथिको रूपमा बोलाउन सकिन्छः कर्ण थापा



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य कर्ण थापाले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई विधान महाधिवेशनमा विशिष्ट अतिथिको रूपमा बोलाउन सकिने बताएका छन् ।

पोलिटब्युरो बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

थापाले भने, ‘विधान महाधिवेशनमा भण्डारीले पार्टीलाई गरेको योगदानको मूल्याङ्कन गरेर विशिष्ट अतिथिका रूपमा बोलाउन सकिन्छ । विधानमा राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू नै विधान महाधिवेशनको प्रतिनिधि हुने व्यवस्था भएको हुनाले उहाँलाई त्यहाँ कसैले माग गरेको छैन । त्यो भएन भन्ने गलत प्रचार गरिएको छ । त्यो मागै भएको छैन र कसैले पनि त्यो विषय उठान गरेको छैन ।’

साथै, थापाले उमेर हद र दुई कार्यकालको व्यवस्था राख्नुपर्ने बताए ।

‘हामीले सातौँ राष्ट्रिय महाधिवेशनमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीले नै यो कुरा सार्नुभएको थियो । उहाँकै नेतृत्वमा कार्यदल बनेर यो निर्णयमा पुगिएको थियो । विधान महाधिवेशनमा पनि हामीले दुईटै प्रावधान राख्यौँ । र त्यो बेला सङ्गठनात्मक प्रस्ताव पनि पारित भएको छ । त्यो सङ्गठनात्मक प्रस्तावमा अहिले पनि छँदैछ ।’ उनले भने ‘सङ्गठनात्मक प्रस्तावको पेज २८ मा, पेज २८, २९, ३०, ३१ पढ्नुभयो भने त्यहाँ भित्र स्पष्ट ढङ्गले लेखिएको छ, उमेर हद पनि हामीले कायम गरेका छौँ ।’