१ भाद्र २०८३, सोमबार
,
Latest
मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र सक्रिय ७७ वटै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’, राहदानीदेखि शैक्षिक प्रमाणपत्रसम्म घरदैलोमा मानव बेचबिखन नियन्त्रणका लागि तीन तहकै सरकारलाई सक्रिय बनाउनुपर्छः सांसदहरु राधिका हमालको नयाँ तीज गीत ‘जिन्दगी मालामालै छ’ सार्वजनिक मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च : प्राधिकरण नेप्से परिसूचक सामान्य अङ्कले घट्यो काठमाडौँ उपत्यकामा तार व्यवस्थापनमा प्रगति, फिनिसिङ र ट्यागिङ अझै चुनौती प्रधानमन्त्री शाहसँग मुख्यमन्त्री पाण्डेको भेटवार्ता, गण्डकीका विभिन्न विषयमा ध्यानाकर्षण देश विदेश डाक्टर पठाउँदै जुम्ला लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत, पक्षमा ४५ सांसद
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीलाई विधान महाधिवेशनमा विशिष्ट अतिथिको रूपमा बोलाउन सकिन्छः कर्ण थापा



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य कर्ण थापाले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई विधान महाधिवेशनमा विशिष्ट अतिथिको रूपमा बोलाउन सकिने बताएका छन् ।

पोलिटब्युरो बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

थापाले भने, ‘विधान महाधिवेशनमा भण्डारीले पार्टीलाई गरेको योगदानको मूल्याङ्कन गरेर विशिष्ट अतिथिका रूपमा बोलाउन सकिन्छ । विधानमा राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू नै विधान महाधिवेशनको प्रतिनिधि हुने व्यवस्था भएको हुनाले उहाँलाई त्यहाँ कसैले माग गरेको छैन । त्यो भएन भन्ने गलत प्रचार गरिएको छ । त्यो मागै भएको छैन र कसैले पनि त्यो विषय उठान गरेको छैन ।’

साथै, थापाले उमेर हद र दुई कार्यकालको व्यवस्था राख्नुपर्ने बताए ।

‘हामीले सातौँ राष्ट्रिय महाधिवेशनमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीले नै यो कुरा सार्नुभएको थियो । उहाँकै नेतृत्वमा कार्यदल बनेर यो निर्णयमा पुगिएको थियो । विधान महाधिवेशनमा पनि हामीले दुईटै प्रावधान राख्यौँ । र त्यो बेला सङ्गठनात्मक प्रस्ताव पनि पारित भएको छ । त्यो सङ्गठनात्मक प्रस्तावमा अहिले पनि छँदैछ ।’ उनले भने ‘सङ्गठनात्मक प्रस्तावको पेज २८ मा, पेज २८, २९, ३०, ३१ पढ्नुभयो भने त्यहाँ भित्र स्पष्ट ढङ्गले लेखिएको छ, उमेर हद पनि हामीले कायम गरेका छौँ ।’