३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु 



अ+ अ-

भरतपुर। चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–१६, पिठुवा दोबाटो बजारमा आज भएको सवारी दुर्घटनामा साइकल यात्री स्थानीय ७० वर्षका कृष्णबहादुर पन्तको मृत्यु भएको हो ।

खैरहनीबाट दोबाटो बजारतर्फ गइरहेको ना ३ त ७४३० नम्बरको ट्र्याक्टरले साइकलमा सवार पन्तको ठक्कर दिएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख (डिएसपी) रञ्जन अवाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा घाइते पन्तको रत्ननगरस्थित बकुलहर अस्पताल उपचारका क्रममा मृत्यु भएको हो । पन्तको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।रासस