२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
लागुऔषध नियन्त्रणमा राज्यका निकायको ‘मिलेमतो’ र कमजोर संरचनाप्रति सांसद दुलालको चिन्ता नेपालमा लागुऔषध दुर्व्यसनीको सङ्ख्यामा वृद्धिः १९ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू चपेटामा मकवानपुरको भीमफेदी–बैदमार जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु काठमाडौँका यी १७ ठाउँमा ३ दिनसम्म दैनिक साढे ३ घण्टा विद्युत् आपूर्ति बन्द हुने प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने देशलाई सधैँ कति सगरमाथा र गौतमबुद्धको नामले मात्रै चिनाइरहने ? – मन्त्री पौडेल चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिवद्धः मन्त्री तिमिल्सिना सगरमाथाको सफल आरोहण गर्ने अधिवक्ता सुधिज्ञ पन्त एएनओद्वारा सम्मानित पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त विश्वकप उद्घाटन समारोहः कसले प्रस्तुति दिँदैछन्, कहिले सुरु हुन्छ, कसरी हेर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड र शेखरबीच २ घण्टा लामो संवाद



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच दुई घण्टा लामो भेटवार्ता भएको छ ।

सत्ता गठबन्धनभित्रै असमझदारी चुलिँदै गएको अवस्थामा बिहीबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म प्रचण्ड निवास खुमलटारमा भएको यो भेटलाई समसामयिक राजनीतिक सन्दर्भमा निकै चासोका साथ हेरिएको छ ।

स्रोतका अनुसार भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यान्वयनको चुनौती र दलहरूबीचको बढ्दो अविश्वास जस्ता विषयमा छलफल भएको थियो ।

भेटवार्ताले दुईतिहाइको सरकार सामान्य प्रशासन सञ्चालन गर्न आएको सरकार जत्तिको पनि नभएको निष्कर्ष निकालेको छ ।

पछिल्लो समय सत्तारुढ गठबन्धनभित्र नीति, कार्यक्रम र सरकारको प्राथमिकता निर्धारणमा मतभेद र असमझदारी बढेको छ ।

सरकारले गर्ने नियुक्तिदेखि निर्णयसम्म गलत सावित भएको विषयमा पनि नेताहरूबीच कुराकानी भएको बताइएको छ ।

 




भर्खरै