२० मंसिर २०८२, शनिबार
,
Latest
भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री बलराम अधिकारीको ३२ लाख घुस लिएको अडिओ बाहिरियो



अ+ अ-

काठमाडौं। पोखराको १३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गराउने प्रक्रिया सँगै जोडिएको घुस डिलसम्बन्धी एक अडिओ सार्वजनिक भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी विवादमा तानिएका छन्।

सार्वजनिक अडिओमा मन्त्री अधिकारीले ३२ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको छ। उक्त रकम उनले आफ्ना छोरा मनोज अधिकारीमार्फत लिएको अडिओमा सुनिन्छ।

अडिओमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, त्यतिबेलाका सचिव अर्जुन पोखरेल र अन्य मध्यस्थकर्ताहरूको नामसमेत उल्लेख गरिएको छ।

यसअघि सार्वजनिक भएको अडिओका कारण तत्कालीन सामान्य प्रशासन मन्त्री गुप्ताले राजीनामा दिइसकेका छन्। तर, बलराम अधिकारीले प्रतिनिधिसभामा बोल्दै आफूमाथि लगाइएको आरोपको प्रत्यक्षा गरेका थिए।

उक्त जग्गा प्रकरणमा सार्वजनिक भएको अडिओले भूमि प्रशासनमा उच्चस्तरीय मिलेमतो र घुस प्रथा रहेको संकेत दिएको भन्दै सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा तीव्र आलोचना भइरहेको छ