१२ श्रावण २०८३, मंगलवार
,
Latest
कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री बलराम अधिकारीको ३२ लाख घुस लिएको अडिओ बाहिरियो



अ+ अ-

काठमाडौं। पोखराको १३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गराउने प्रक्रिया सँगै जोडिएको घुस डिलसम्बन्धी एक अडिओ सार्वजनिक भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी विवादमा तानिएका छन्।

सार्वजनिक अडिओमा मन्त्री अधिकारीले ३२ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको छ। उक्त रकम उनले आफ्ना छोरा मनोज अधिकारीमार्फत लिएको अडिओमा सुनिन्छ।

अडिओमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, त्यतिबेलाका सचिव अर्जुन पोखरेल र अन्य मध्यस्थकर्ताहरूको नामसमेत उल्लेख गरिएको छ।

यसअघि सार्वजनिक भएको अडिओका कारण तत्कालीन सामान्य प्रशासन मन्त्री गुप्ताले राजीनामा दिइसकेका छन्। तर, बलराम अधिकारीले प्रतिनिधिसभामा बोल्दै आफूमाथि लगाइएको आरोपको प्रत्यक्षा गरेका थिए।

उक्त जग्गा प्रकरणमा सार्वजनिक भएको अडिओले भूमि प्रशासनमा उच्चस्तरीय मिलेमतो र घुस प्रथा रहेको संकेत दिएको भन्दै सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा तीव्र आलोचना भइरहेको छ