५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यिक पत्रकार पन्थी र साह सम्मानित



अ+ अ-

काठमाडौँ। नेपाल साहित्यिक पत्रकार सङ्घको १९औँ स्थापना दिवसका अवसरमा ‘विशिष्ट साहित्यिक पत्रकारिता सम्मान’बाट शशि पन्थी र ‘नेपाली मातृभाषा विशिष्ट साहित्यिक पत्रकारिता सम्मान’बाट रामप्रसाद साह सम्मानित हुनुभएको छ ।

मङ्गलबार यहाँ सम्पन्न स्थापना दिवस कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले ‘हाम्रो पुरुषार्थ’ साहित्यिक त्रैमासिकका सम्पादक पन्थी र ‘भोजपुरिया माटी’ साहित्यिक पत्रिकाका सम्पादक साहलाई सम्मान गर्नुभएको हो ।

कुलपति राईले साहित्यिक पत्रकारिताले सर्जकहरू उत्पादन गर्न निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपाली भाषा साहित्यको उन्नयनमा साहित्यिक पत्रकारिताले ऐतिहासिक योगदान भुल्न नसकिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ समालोचक ईश्वरचन्द्र ज्ञवालीले सङ्घले साहित्यिक पत्रकारिताको विकासमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । वरिष्ठ पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहालले साहित्यिक पत्रकारिताको प्रवर्द्धनका लागि सरकारले भूमिका निर्वाह गर्नुपर्ने बताउँदै भाषा, साहित्य र संस्कृतिको संरक्षणबिना समाज अघि बढ्न नसक्ने बताउनुभयो ।

कार्यक्रममा भाषा आयोगका सदस्य मातृकाप्रसाद पोखरेलले साहित्यिक पत्रकारितालाई राज्यले जति उपेक्षा गरे पनि आफ्नै बलबुताले टिकेको बताउनुभयो । सङ्घका वरिष्ठ उपाध्यक्ष वियोगी बुढाथोकीले साहित्यिक पत्रकारिता व्यक्तिले आफ्नै करबलमा टिकाएकाबारे चित्रण गर्नुभयो ।

नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष मोहन दुवालले सम्पूर्ण साहित्यिक पत्रकारको साझा सङ्गठनका रूपमा सङ्घले पु-याएको योगदान बिर्सन नहुने धारणा राख्नुभयो । रासस