१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

वैकल्पिक विकास वित्त परिचालन विधेयक स्वीकृत

वैकल्पिक विकास वित्त परिचालन विधेयक स्वीकृत
अ अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ स्वीकृत गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको उक्त विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले राष्ट्रिय प्राथमिकताका आयोजनामा स्रोत जुटाउन र सार्वजनिक पूर्वाधारमा विद्यमान लगानीको खाडल पूर्ति गर्ने प्रयोजनले विधेयक ल्याइएको स्पष्ट पार्नुभयो ।

उहाँले परम्परागत वित्तीय स्रोतले धान्न नसक्ने आयोजनामा सार्वजनिक ऋणको आकार बढ्दै गएको सन्दर्भमा सार्वजनिक ऋणको चाप कम गर्न, रोजगारी प्रवर्द्धन र दिगो आर्थिक विकासका लागि कानुनी आधार तयार गर्न विधेयक अगाडि बढाइएको बताउनुभयो ।

उपप्रधानमन्त्री पौडेलले विधेयकले विकासको गतिलाई तीव्रता दिन, विदेशी लगानी आकर्षण र पुँजी परिचालन गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विकासका निम्ति वैकल्पिक वित्तको परिचालन गर्नुपर्ने नीति आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरू वासुदेव घिमिरे, दामोदर पौडेल बैरागी, किरणकुमार साह, प्रतिमा गौतम, देवेन्द्र पौडेल, वर्षमान पुन, मेटमणि चौधरी, हितराज पाण्डे, ठाकुर गैरे, सराज अहमद फारुकी, बिमला सुवेदी, रञ्जुकुमारी झा, मैना कार्की र प्रेम सुवालले भाग लिनुभएको थियो ।

यसैगरी बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले प्रस्तुत गर्नुभएको ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि सैद्धान्तिक छलफल भएको छ ।

सैधान्तिक छलफलमा सांसदहरू रामहरि खतिवडा, प्रतिमा गौतम, सीता मिजार, मैना कार्की, दामोदर पौडेल वैरागी, किरणकुमार साह, दुर्गा राई, प्रकाश ज्वाला, सराज अहमद फारुकी, रुपा सोशी चौधरी, ज्वालाकुमारी साहले सहभागी हुनुभयो ।

सांसदका प्रश्नको जवाफमा मन्त्री दाहालले विधेयकको औचित्यबारे चर्चा गर्नुभएको थियो । सभामा गणपुरक सङ्ख्या नपुगेपछि यो विधेयक आज पारित हुनसकेन ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन ७ गते दिउँसो १ बजे बस्नेछ ।