२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लागेर एक जनाको मृत्यु



अ+ अ-

रौतहट। रौतहटको मौलापुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो विद्युतीय मोटरबाट खेतमा पानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मौलापुर–८ सोनरनियाका सुधन राउतका १४ वर्षीय छोरा नरेन्द्र पटेलको मृत्यु भएको हो ।

आफ्नै खेतमा धान रोपाइँका लागि विद्युतीय मोटर चलाएर पानी तान्ने क्रममा पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । करेन्ट लागेर घाइते भएका निजको उपचारका क्रममा मौलापुरस्थित शान्ति पोलिक्लिनिकमा मृत्यु भएको हो ।

केही दिनयता रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या बढिरहेकाले सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ । रासस