९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

घुस डिल अडियो प्रकरणमा कांग्रेस नेताबाट मन्त्री गुप्तामाथि छानबिनको माग

घुस डिल अडियो प्रकरणमा कांग्रेस नेताबाट मन्त्री गुप्तामाथि छानबिनको माग
अ अ+ अ-

काठमाडौं। पछिल्लो समय सार्वजनिक भएको घुससम्बन्धी अडियोले सरकारका मन्त्रीहरूकै संलग्नता देखाएको दाबीपछि नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्नेही’ले सरकारको नैतिक धरातल थप कमजोर भएको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद रसाइलीले सत्तामा बसेका मन्त्रीहरूकै वार्तालाप सार्वजनिक भएपछि आमजनमानसमा सरकारप्रति भरोसा घटेको र त्यसले समग्र शासन व्यवस्थामै प्रश्न उठाएको टिप्पणी गरे।

सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमिसुधार मन्त्री बलराम अधिकारीको नाम जोडिएको अडियो सार्वजनिक भएपछि उनीहरूले आफू स्वतः जिम्मेवार सावित गर्नुको साटो मौनता अपनाउनु झनै शंका पैदा गर्ने संकेत भएको सांसद रसाइलीले तर्क गरे।

‘घटनालाई सामान्यकरण गरेर टालटुल गर्ने प्रवृत्ति मौन सहमति हो भन्ने जनताले बुझ्न थालेका छन्,’ उनले भने, ‘त्यसैले प्रधानमन्त्रीले तुरुन्त छानबिन समिति गठन गरी यथार्थ सार्वजनिक गर्नुको विकल्प छैन।’

सांसद रसाइलीका अनुसार, यस्तो संवेदनशील प्रकरणमा निष्पक्ष छानबिन नगरी सरकारले आँखा चिम्लियो भने त्यसले भ्रष्टाचारविरुद्धको सरकारी अभियानप्रति नै अविश्वास जन्माउनेछ।

उनले प्रधानमन्त्रीसमक्ष यस्तो विवादास्पद विषयमा कडा निर्णय गर्न सुझावसमेत दिएका छन्। सत्तारूढ दलभित्रकै मन्त्रीहरूमाथि प्रश्न उठ्नु र त्यसबारे निष्क्रियता देखिनु राज्यको भरोसा र पारदर्शितालाई क्षति पुर्‍याउने खालको भएको उनको ठहर छ।