५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ,सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस डिल अडियो प्रकरणमा कांग्रेस नेताबाट मन्त्री गुप्तामाथि छानबिनको माग



अ+ अ-

काठमाडौं। पछिल्लो समय सार्वजनिक भएको घुससम्बन्धी अडियोले सरकारका मन्त्रीहरूकै संलग्नता देखाएको दाबीपछि नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्नेही’ले सरकारको नैतिक धरातल थप कमजोर भएको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद रसाइलीले सत्तामा बसेका मन्त्रीहरूकै वार्तालाप सार्वजनिक भएपछि आमजनमानसमा सरकारप्रति भरोसा घटेको र त्यसले समग्र शासन व्यवस्थामै प्रश्न उठाएको टिप्पणी गरे।

सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमिसुधार मन्त्री बलराम अधिकारीको नाम जोडिएको अडियो सार्वजनिक भएपछि उनीहरूले आफू स्वतः जिम्मेवार सावित गर्नुको साटो मौनता अपनाउनु झनै शंका पैदा गर्ने संकेत भएको सांसद रसाइलीले तर्क गरे।

‘घटनालाई सामान्यकरण गरेर टालटुल गर्ने प्रवृत्ति मौन सहमति हो भन्ने जनताले बुझ्न थालेका छन्,’ उनले भने, ‘त्यसैले प्रधानमन्त्रीले तुरुन्त छानबिन समिति गठन गरी यथार्थ सार्वजनिक गर्नुको विकल्प छैन।’

सांसद रसाइलीका अनुसार, यस्तो संवेदनशील प्रकरणमा निष्पक्ष छानबिन नगरी सरकारले आँखा चिम्लियो भने त्यसले भ्रष्टाचारविरुद्धको सरकारी अभियानप्रति नै अविश्वास जन्माउनेछ।

उनले प्रधानमन्त्रीसमक्ष यस्तो विवादास्पद विषयमा कडा निर्णय गर्न सुझावसमेत दिएका छन्। सत्तारूढ दलभित्रकै मन्त्रीहरूमाथि प्रश्न उठ्नु र त्यसबारे निष्क्रियता देखिनु राज्यको भरोसा र पारदर्शितालाई क्षति पुर्‍याउने खालको भएको उनको ठहर छ।