काठमाडौं । एमालेका पूर्वउपाध्यक्षसमेत रहेका नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम र नेकपा (एकीकृत समाजवादी)बिच पार्टी एकता गर्ने सहमती भएको छ ।
दुई नेताद्वारा हस्ताक्षरित सहमति पत्रमा साउन २ गते राष्ट्रिय सभा गृहमा एक समारोहका बीच एकताको घोषणा गर्ने उल्लेख छ ।
यसअघि नेकपा एमालेले गौतमसँग औपचारिक रूपमा सहकार्य गर्ने निर्णय गरेको थियो । तर, यसमा आधिकारिक निर्णय हुन नसक्दा उनी नेकपा एससँग समाहित हुन आटेका हुन् ।











