२१ मंसिर २०८२, आईतवार
,
Latest
सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले खर्च कटौति गर्योः उपसभामुख राना कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योल पुन: पक्राउ



अ+ अ-

काठमार्डौं । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । गत वर्ष सैन्य शासनको असफल प्रयासका कारण देशलाई राजनीतिक संकटमा धकेलेका पूर्वराष्ट्रपति योललाई पुन: पक्राउ गरिएको हो ।

गत डिसेम्बरमा ६ घण्टाका लागि सैन्य शासन लागू गर्ने आदेशका कारण युनलाई गत अप्रिलमा महाभियोग लगाइएको थियो ।

सियोलको केन्द्रीय जिल्ला अदालतका एक वरिष्ठ न्यायाधीशले युनलाई प्रमाण नष्ट गर्न सक्ने आशङ्का व्यक्त गर्दै बुधबार पक्राउ पुर्जी जारी गरेका हुन् । युनलाई सैन्य शासन लगाउने प्रयास गरी विद्रोहको नेतृत्व गरेको आरोपमा मुद्दा चलाइनेछ ।

बुधबारको सात घण्टा लामो सुनुवाइका क्रममा विशेष सल्लाहकार टोलीले पाँच प्रमुख आरोपहरूमा पक्राउ पुर्जीका लागि बहस गरेको थियो । जसमा सैन्य कानुन घोषणा गर्नुअघि मन्त्रिपरिषद्का केही सदस्यहरूलाई बैठकमा आमन्त्रित नगरेर उनीहरूको अधिकार उल्लङ्घन गरेको आरोप पनि समावेश छ ।

युनलाई पहिलो पटक गत जनवरीमा पक्राउ गरिएको थियो । तर अदालतले प्राविधिक कारण देखाउँदै दुई महिनापछि पक्राउलाई उल्ट्याइदिएपछि उनी रिहा भएका थिए । तर अझै पनि उहाँले मुद्दाको सामना गरिरहेका छन् ।

दोषी ठहरिएमा युनलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय हुन सक्छ ।