२५ श्रावण २०८३, सोमबार
,
Latest
राखेप बोर्ड सदस्यमा धनीराम र ललिता साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्ष बस्नेत भन्छन्ः वचतकर्तालाई वचत फिर्ता गराउनु हाम्रो उद्देश्य



अ+ अ-

काठमाडौँ ।  कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्षसहित सदस्यहरुले पदभार ग्रहण गर्नुभएको छ ।

बुधवार कार्यालय नयाँ बानेश्वरमा नवनियुक्त अध्यक्षसहित सदस्यहरुले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै न्यायाधीकरणका अध्यक्ष कृतिबहादुर बस्नेतले सहकारीले उठाउनुपर्ने कर्जा उठाउनु चुनौतिपूर्ण रहेको बताउनु भयो ।

आफूहरु स्थापनाको चरणमा रहेको र काम छिटै कार्यान्वयन गर्ने बताउनु भयो । विभिन्न अदालतमा सहकारीका कर्जासम्बन्धी मुद्दा रहेको भन्दै ति मुद्दाहरु न्यायाधीकरणमा पनि आउने बताउनु भयो । शुरुमा नै मुद्दाको चाप बढ्ने बताउनु भयो । काम गर्न कुनै कठिनाइ भए सहयोग लिएर भएपनि काम गर्ने बताउनु भयो । वचतकर्ताले वचत फिर्ता नपाउने विकराल स्थितिबाट उनीहरुको वचत फिर्ता गराउनु आफूहरुको उद्देश्य रहेको बताउनु भयो ।

उहाँले सबै क्षेत्राधिकार आफूहरुलाई रहेको उहाँले बताउनु भयो । बस्नेतको अध्यक्षमा गठित न्यायाधिकरणको सदस्यहरुमा धनकुटाका वसन्त पराजुली र तनहुँका गोविन्द शर्मा गैरै रहनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रश्तावमा सरकारले न्यायाधीकरण गठन गरेको थियो ।