२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

रमेश बागलाई पक्राउ गरिएको घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य डोटीका रमेश बागलाई पक्राउ गरिएको घटनाप्रति राप्रपाले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

सञ्चारमाध्यममा प्रकाशित सामग्री सामाजिक सञ्जालमा शेयर गरेकै आधारमा निवासबाट पक्राउ गरेकामा विरोध जनाउँदै राप्रपाले युवा नेता बागको अविलम्ब र बिना शर्त रिहाइका लागि सरकारसँग जोडदार माग समेत गरेको छ ।

राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै भनेका छन् – ‘राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य डोटीका रमेश बागलाई सञ्चारमाध्यममा प्रकाशित सामग्री सामाजिक सञ्जालमा शेयर गरेकै आधारमा काठमाण्डौस्थित निवासबाट पक्राउ गरिएको घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘नेकपा (माओवादी केन्द्र)को तर्फबाट प्रतिनिधिसभाको समानुपातिक सांसद जुम्लाकी छिरिङ्ग ल्यामु लामाका बारे राष्ट्रिय स्तरको साप्ताहिक पत्रिकामा प्रकाशित भएको समाचार र निज सांसद स्वयंले टिकटकमा पोस्ट गरेको सामग्रीलाई शेयर गरेको कसुरमा पक्राउ गर्ने, अनावश्यक दुःख दिने कार्यबाट विधिको शासन, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यताको उपहास गरेको छ ।’ उनले अगाडि भनेका छन् ।