९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नेपालमा १०-१७ वर्षसम्मका बालबालिकाको श्रमशक्ति सहभागितादर ३२.१ प्रतिशत

नेपालमा १०-१७ वर्षसम्मका बालबालिकाको श्रमशक्ति सहभागितादर ३२.१ प्रतिशत
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख रहेको छ ।  कुल जनसंख्यामध्ये २ करोड ३९ लाख (८२.२प्रतिशत) व्यक्ति १० वा सो भन्दा माथिको उमेर समूहमा पर्दछन् । ती मध्ये १ करोड ५७ लाख (६५.५प्रतिशत) व्यक्तिहरुलाई आर्थिक रुपले सक्रिय जनसंख्या मानिएको छ । कुल श्रमशक्तिमध्ये ८२ लाख पुरुष र ७५ लाख म्हिला रहेका राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

प्रदेशहरुमध्ये आर्थिक रुपले सक्रिय जनसंख्या सबैभन्दा धेरै (३४ लाख) वागमती प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम (९ लाख ५० हजार) मात्र रहेका छन् । भौगोलिक क्षेत्रअनुसार तराईमा सबभन्दा धेरै (७८लाख) आर्थिक रुपले सक्रिय जनसंख्या छ । हिमाली क्षेत्रमा सबैभन्दा कम (१०लाख) छन् ।

नेपालमा १० वर्ष वा सो भन्दा माथिको जनसंख्याको श्रम सहभागिता दर ६५.५ प्रतिशत रहेको छ । जसमा पुरुषतर्फ ७१.३ प्रतिशत  र महिलातर्फ ६०.४ प्रतिशत रहेको छ ।

नेपालमा १० वा सो भन्दा माथिको उमेर समूहमा अक्सर बेरोजगारी व्यक्तिहरुको संख्या ७ लाख ६७ हजार ६ सय ५८ रहेको छ । जसमा ४ लाख ९ सय २८ पुरुष छन् भने ३ लाख ६६ हजार ७ सय ३० महिला रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार, रोजगारको स्थिति चार प्रमुख श्रेणीहरुमा वर्गीकरण गरिएको तथ्यांक कार्यालयले जनाएको छ । जसमा ४२ लाख(२८.६प्रतिशत) अरुको काम गर्ने, २ लाख (१.४प्रतिशत) रोजगारदाता, ८२ लाख (५५.३प्रतिशत) आफ्नै काम गर्ने र २१ लाख (१४.५प्रतिशत) परिवारलाई सघाउने देखिएका छन् ।

कुल श्रमशक्तिको सबैभन्दा ठूलो (८५लाख, ५७.३प्रतिशत) हिस्सा प्राथमिक क्षेत्र (कृषि, वन र मत्स्यपालन) मा संलग्न रहेको पाइएको छ । नेपालको १० वर्ष र माथिका कुल जनसंख्यामा केवल १ करोड ३ लाख (४२.९प्रतिशत) व्यक्तिहरु अक्सर रोजगार रहेका छन् । १० देखि १७ वर्षसम्मका बालबालिकाको श्रमशक्ति सहभागितादर ३२.१ प्रतिशत रहेको छ । जसमा पुरुष ३१.९ प्रतिशत र महिला ३२.२ प्रतिशत छन् ।

नेपालको खेतीयोग्य जमिनको स्थिति

२०७८ को जनगणनाअनुसार नेपालमा अक्सर खेतीयोग्य भूमिमा शहरीकरण हुने गरेको पाइएकोे छ । नेपालमा २०६८ देखि २०७८ सम्म खेतीयोग्य जमिन १६.६ प्रतिशत (२२ लाख हेक्टरबाट १८ लाख हेक्टर) ले घटेको छ । सबैभन्दा धेरै खेतीयोग्य भूमि सुदूरपश्चिम प्रदेशमा घटेको छ । सुदूरपश्चिममा ९.१ प्रतिशत, गण्डकीमा ७ प्रतिशत र कर्णालीमा ५.४ प्रतिशत मा उब्जाउ भूमि न्युन भएको छ ।