९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

बाख्र्रापालनका लागि साझेदारीमा व्यवस्थित खोर निर्माण

बाख्र्रापालनका लागि साझेदारीमा व्यवस्थित खोर निर्माण
अ अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा बाख्रापालनका लागि साझेदारीमा सुरक्षित खोर निर्माण गरिएका छन् । कनेक्ट परियोजनाअन्र्तगत नगरपालिकाका छ वडाका २६ बाख्रापालक किसानका लागि साझेदारीमा खोर निर्माण गरिएको हो ।

सिमेन्टका पिल्लर, काठ, नट, बोल्ट, फलामका किला, जस्तापाता, तारजालीको प्रयोग गरी हिमालयन नेचर, नगरपालिका र किसानको संयुक्त साझेदारीमा सुरक्षित खोर निर्माण गरिएको छ ।

हिमालयन नेचरका कार्यक्रम संयोजक श्रीराम घिमिरेका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्र्तगत पर्ने सुनदेवी मध्यवर्ती समितिअन्तर्गत पर्ने नगरपालिकाका वडा नं १०, ६ र ७ मा गरी १३ र त्रिशक्ति मध्यवर्ती समितिअन्तर्गत पर्ने नगरपालिकाका वडा नं १, २ र ५ मा गरी १३ बाख्रापालनका लागि खोर निर्माण गरिएका छन् ।

“मध्यवर्ती क्षेत्रका किसानलाई व्यावसायिकरुपमा बाख्रापालनतर्फ डोर्याउनका लागि साझेदारीमा खोर निर्माण गरेका छौं”, उहाँले भन्नुभयो, “घरमै घाँसखेती गरी किसानले खोरमै सुरक्षित तरिकाले बाख्रपालनको कार्य गर्दै आएका छन् ।”

खोर निर्माणका लागि प्रति किसानलाई हिमालयन नेचरले रु २५ हजार, नगरपालिकाले रु १५ हजार, बाख्रापालक किसानले रु पाँच हजारसहित खोर निर्माणका लागि काठको व्यवस्था मिलाएको उहाँले बताउनुभयो । काठ र अन्य सामग्री गरी प्रति खोर निर्माण गर्न रु दुई लाख बढीको खर्च आएको उहाँले उल्लेख गर्नुभयो ।

नगरपालिकाको वडा नं ७ का बाख्रापालक किसान रमेश दमाईले निकुञ्ज नजिकैको बस्ती भएकाले चितुवा लगायतका जनावरले गोठबाटै तानेर बाख्रा खाइदिने गरकामा सुरक्षित र व्यवस्थित तरिकाले खोर निर्माण गरिएपछि बाख्रालाई जोगाउन सकिएको बताउनुभयो ।

“खोरमा तारजालीको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “चितुवा लगायतका हिंस्रक जनावरले बाख्रालाई अब नोक्सान पुर्याउन सक्दैनन्, सहज रुपमा बाख्रापालनको कार्य गर्न सकिने भएको छ ।” वडा नं १० का किसान बिरु चुनाराले परम्परागत गोठमा बाख्रालाई बाध्ने कार्य गरिँदा सरसफाइ गर्न निकै समस्या हुने गरेको बताउनुभयो ।

“बाह्य परजिवीको त्यतिकै समस्या हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले अग्लो तारजालीसहितको व्यवस्थित खोर निर्माण गरिएकाले बाख्राको मलमुत्र व्यवस्थापन गर्न सहज भएको छ, घाँस दानापानी खुवाउन सहज छ ।”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लवबहादुर विष्टले किसानलाई अनुदानमा खोर निर्माण गरिएपछि निकुञ्ज तथा सामुदायिक वन माथिको निर्भरता कम हुने बताउनुभयो । खेतबारीमै किसानले घाँस उत्पादन गरी खोरमै बाख्रापालन गरी आम्दानी लिने भएकाले विगतको जस्तो वन क्षेत्रमा चराउनका लागि लैजानुनपर्ने उहाँको भनाइ थियो ।

नगर प्रमुख रणबहादुर महराले व्यवस्थित तरिकाले खोर निर्माण गरिएकाले खोर सफा, सुक्खा र हावा चल्ने भएकाले बाख्रालाई रोग कम लाग्ने, परजिवीको सङ्क्रमण कम हुने र चिसो÷तापबाट बचाउन सहयोग पुर्याउने बताउनुभयो ।

“व्यवस्थित खोरले बाख्राको स्वास्थ्य सुदृढ हुन्छ”, नगर उपप्रमुख कल्पना पन्तले भन्नुभयो, “आम्दानी बढने कार्यसँगै थोरै लगानीमा धेरै फाइदा दिने राम्रो उपायका रुपमा व्यवस्थित खोर रहेको छ ।” अनुदानमा खोर निर्माण गरेका किसानले सातदेखि १५ सम्म बाख्रापालनको कार्य गरेका छन् । बाख्रापालन गरी वर्षमा किसानले रु ७० हजारदेखि रु एक लाख २० हजारसम्म आम्दानी गर्दै आएका छन ।