६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव News Polar सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो News Polar त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसद तरंगितः ट्राफिक ज्यादती र युवा निराशामाथि सांसदहरूको आक्रोश News Polar चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन मस्यौदा समितिमा पेश News Polar त्रिपुरेश्वरमा चालकको आत्मदाह घटनाः राज्य र यातायात क्षेत्रको ‘पोलिसिङ’ शैलीमाथि संसद्मा प्रश्न News Polar त्रिपुरेश्वरमा चालकको मृत्यु प्रकरणबारे उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग News Polar प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी News Polar कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा . स्वर्णिम वाग्लेलाई News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

कुलिङ पिरियडबारे माओवादीले भन्योः यो सुनियोजित षड्यन्त्र हो, सभामुखले जिम्मा लिनुपर्छ

कुलिङ पिरियडबारे माओवादीले भन्योः यो सुनियोजित षड्यन्त्र हो, सभामुखले जिम्मा लिनुपर्छ
अ+ अ-

काठमाडौँ ।  प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले कुलिङ पिरियडमा भएको जालझेलको जिम्मा सभामुखले लिनुपर्ने बताएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्दै पार्टीले नैतिकताको हिसावले संसदको नेतृत्व (सभामुख देवराज घिमिरे) ले यसको जिम्मेवारी लिनुपर्ने बताएको हो ।

पत्रकार सम्मेलनका क्रममा पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले कुलिङ पिरियड समितिमा भएको सहमतिअनुसार सदनमा जान नसेकेको बताउनु भयो । यस घटनाले सिंगो सदन, संसदीय समिति र सांसदहरुको इमान, निष्ठा र योग्यतामाथि प्रश्न उठेको बताउनु भयो । यो गम्भीर राजनीतिक, संवैधानिक, कानूनी र नैतिक प्रश्न भएको बताउनु भयो । यसले सार्वभौम संसदको आत्मामाथि प्रहार गरेको र संसदमाथिको धोका, मानमर्दन भएको बताउनु भयो । सुशासनका लागि कोशेढुंगा सावित हुने जनताको अपेक्षा विपरित गम्भीर विश्वासघात हुनुका साथै यस प्रकारको जालसाझीले संसदीय मूल्य मान्यतालाई ठाडो चुनौति समेत दिएका माओवादीको ठहर छ । यो एकाध व्यक्तिहरुको मात्रै दुःशासह नभइ सुनियोजित तरिकाले गरिएको धृष्टता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुलिङ पिरियडसम्बन्धी जे सहमति भएको थियो । सदनमा प्रश्तुत पारित हुँदा फरक गरिएको छ । समितिमा पारित भइसकेको विषय सदनमा कसरी फरक बनाएर लगियो । परस्पर विरोधी प्रावधान कसले थप्यो । यस्ता अनेकन गम्भीर प्रश्न उठेका छन् । यस जालसाझीपूर्ण घटनाले सिंगो संसद, संसदीय समिति, सांसदहरुको इमान, निष्ठा र योग्यतामाथि प्रश्न उठेको छ । यो गम्भीर राजनीतिक, संवैधानिक, कानूनी, संवैधानिक र नैतिक प्रश्न हो । यसले सार्वभौम संसदको आत्मामाथि प्रहार गरेको छ । संसदमाथिको धोका, मानमर्दन भएको यस घटनाले संविधानको मर्म र भावनामा गम्भीर चोट पु¥याएको छ । सुशासनका लागि कोशेढुंगा सावित हुने जनताको अपेक्षा विपरित गम्भीर विश्वासघात हुनुका साथै यस प्रकारको जालसाझीले संसदीय मूल्य मान्यतालाई ठाडो चुनौति समेत दिएको छ । विधेयक कार्यसूचिदेखि पारित गर्ने क्रमसम्म विचार गर्दा यो एकाध व्यक्तिले मात्र गरेको दुःशाहस होइन । यो नै सुनियोजित तरिकाले गरिएको धृष्टता हो । यसको जिम्मा नैतिक रुपमा संसदको नेतृत्वले समेत लिनुपर्छ ।’

प्रवक्ता सापकोटाले यस प्रकारको गम्भीर अपराधको यथासक्य छिटो छानविन गरी सत्यतथ्य छानविन गरी दोषीउपर कारबाही गर्न माग गर्नुभयो । विद्यालय शिक्षा विधेयक शिक्षक महासंघसँग भएको सहमतिअनुसार पारित गर्न माग गरेको छ ।