२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले घर पुरिँदा चार जना घाइते



अ+ अ-

ताप्लेजुङ। सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् ।

स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उहाँसहित उहाँकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते हुनुभएको स्थानीय मौसम सेलिङले राससलाई जानकारी दिनुभयो ।

घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो । कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस