२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

नागार्जुन रिसोर्टको उद्घाटन, पर्यटन प्रवर्द्धनमा योगदानको अपेक्षा

नागार्जुन रिसोर्टको उद्घाटन, पर्यटन प्रवर्द्धनमा योगदानको अपेक्षा
अ अ+ अ-

काठमाडौं। तारकेश्वर नगरपालिका वडा नम्बर ३ स्थित नागार्जुन रिसोर्टको  उद्घाटन समारोह मंगलबार सम्पन्न भएको छ। काठमाडौंको शान्त वातावरणमा अवस्थित यस रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले एक विशेष समारोहका बीच रिसोर्टको उद्घाटन गरेका हुन्। कार्यक्रममा मन्त्री साहीले पर्यटन क्षेत्रमा यस्तो रिसोर्टको ठूलो सम्भावना रहेको बताउँदै, यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

बन मन्त्री शाहीले बन , आरक्षण, संरक्षितक्षेत्र तथा निकुञ्जको सही उपयोग गर्दे यसलार्य पर्यटन क्षेत्रसंग जोड्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो नेपाल बिश्व पर्यटनका लागि महत्वपूर्ण गन्तव्यका रुपमा रहेको उल्लेख गर्दे नीजि क्षेत्रले गर्ने लागनीलाई सरकारले प्रोत्साहन गर्नुका साथै लगानीमैत्री बाताबरण बनाउन लागि परेको जनाउनुभयो ।

सो अवसरमा स्वामी आनन्द अरुणले नेपाललाई पर्यटनका लागि स्वर्ण भूमि भन्दै, विश्वभरका पर्यटकलाई प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आध्यात्मिक शान्तिको अद्वितीय अनुभव दिलाउन नेपाल सक्षम रहेको बताए । उहाले भन्नुभयो नेपाललाई प्रकृतिले दिएको तर प्रयोगमा बिवेक नपुगेको भन्दै सुनको खानीमा बसेर अबसरका लागि भौतारिरहेको बताउनु भयो । कार्यक्रममा तारकेश्वर नगरपालीका प्रमुख कृष्णहरी महर्जन , उपप्रमुख सृजना बुर्लाकोटी अर्याल , ३ नम्बर वडा अध्यक्ष परशुराम अर्यालले यस क्षेत्रको पर्यटन बिकासका लागि महत्वपूर्ण संरचना थपिएको बताउनु भयो । कार्यक्रममा वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले नेपाल स्तरिय पर्यटकहरुलाई उत्कृष्ठ सेबा दिन सक्षम रहेको बताउनु भयो ।

कार्यक्रममा संञ्चालक निरोज पन्त , व्यवस्थापन समिति सदस्य तथा अन्य सम्मानित अतिथिहरूले मन्तव्य राख्दै रिसोर्टले आगामी दिनमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै स्थानीय रोजगारी सिर्जना गर्ने तथा समग्र समुदायलाई लाभ पुर्‍याउने लक्ष्य रहेको स्पष्ट पारे।

रिसोर्टका व्यवस्थापक अभिषेकविक्रम शाहले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने तथा सामुदायिक विकासमा योगदान दिने उद्देश्यका साथ आफूहरुले रिसोर्ट सञ्चालन गर्ने बताउनुभयो ।

सहभागिहरूले रिसोर्टको पूर्वाधार, सेवा सुविधा तथा प्राकृतिक वातावरणको खुलेर प्रशंसा गरेका थिए।

नागार्जुन रिसोर्टमा हाल ६५ वटा सुविधा सम्पन्न कोठा छन्, जसले पाहुनालाई उच्च स्तरको आवासीय सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। रिसोर्टका व्यवस्थापक अभिषेक विक्रम शाहका अनुसार, यहाँको प्रमुख आकर्षणहरूमा एयर कन्डिसन युक्त डिलक्स कोठाबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्ने व्यवस्था, पर्याप्त पार्किङ, बच्चाहरूका लागि विशेष प्ले स्टेशन, कालुपाँडे डाँडासम्मको सजिलो हाइकिङ पहुँच, साथै स्थानीय स्वादमा बनेका बारबेक्यु, पिज्जा, मम लगायतका विविध परिकारहरू रहेका छन्।

प्राकृतिक सुन्दरताको बीचमा शान्त वातावरणमा आराम गर्न चाहने सबैका लागि यो रिसोर्ट आकर्षक गन्तव्य बन्ने विश्वास गरिएको छ। रमणीय वातावरण, हरियाली, स्वच्छ हावा र आधुनिक पूर्वाधारले पर्यटकलाई थप आकर्षित गर्ने अपेक्षा आयोजकहरूले व्यक्त गरेका छन्।

स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने तथा सामुदायिक विकासमा योगदान दिने उद्देश्यका साथ सञ्चालनमा आएको नागार्जुन रिसोर्टले नेपालको पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।