२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाओसमाथि नेपालको सानदार जित, साम्बा एक्लैले गरिन् ४ गोल



photo: nsjf
अ+ अ-

काठमाडौँ । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ ।

नेपालले लाओसलाई ९–० गोलले हराउँदै सानदार सुरुवात गरेको हो । नेपाललाई फराकिलो जित दिलाउन कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले चार गोल गरिन् ।

यस्तै, सरु लिम्बु, अनिता बस्नेत, रश्मी घिसिङ र अनिता केसीले एक–एक गोल गरे । एक गोल भने नेपालले उपहारस्वरुप पायो ।

नियमित कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बालाई आज आराम गर्न दिइएको छ । नेपाल रहेको समूह ‘एफ’मा लाओससँगै उज्वेकिस्तान र श्रीलङ्का रहेका छन् ।