२५ भाद्र २०८३, बिहीबार
,
Latest
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाओसमाथि नेपालको सानदार जित, साम्बा एक्लैले गरिन् ४ गोल



photo: nsjf
अ+ अ-

काठमाडौँ । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ ।

नेपालले लाओसलाई ९–० गोलले हराउँदै सानदार सुरुवात गरेको हो । नेपाललाई फराकिलो जित दिलाउन कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले चार गोल गरिन् ।

यस्तै, सरु लिम्बु, अनिता बस्नेत, रश्मी घिसिङ र अनिता केसीले एक–एक गोल गरे । एक गोल भने नेपालले उपहारस्वरुप पायो ।

नियमित कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बालाई आज आराम गर्न दिइएको छ । नेपाल रहेको समूह ‘एफ’मा लाओससँगै उज्वेकिस्तान र श्रीलङ्का रहेका छन् ।