९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की सहित गण्डकीमा थपिए ३२ संक्रमित, प्रदेशभर संक्रमितको संख्या ७२९ पुग्यो



अ+ अ-

पोखरा । गण्डकी प्रदेशमा कास्की सहित ८ जिल्लामा ३२ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ७ सय २९ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणको बुधबार बिहानको पछिल्लो विवरण अनुसार बाग्लुङमा ९ ,स्याङ्जामा ७, लमजुङमा ५, पर्वतमा १, कास्कीमा ५, गोरखा १ जना, नवलपुरमा ३ र तनहुँ १ जनामा कोरोना पुष्टि भएको छ ।

जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।