२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा सुशासन बिग्रियोः सांसद अधिकारी



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले देशमा सुशासन बिग्रिएको बताउनुभएको छ ।

बुधवार राज्य व्यवस्था समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जनतामा विश्वास डग्मगाएको बताउनु भयो । भातको गाँस खाँदा पनि सुरक्षा निकायको आवश्यकता महशुस गरिएको ठाउँमा सुरक्षाका निकायप्रति जनताले विश्वास गुमाउँदै जाने परिस्थिति निर्माण हुनु दुःखद् भएको बताउनु भयो । संघीयताको आधारमा देश नचल्ने हो भने अहिलेका विकृति नहट्ने बताउनु भयो ।

सांसद अधिकारीले भन्नुभयो, ‘देशमा सुशासन बिग्रिएको छ । जनतामा विश्वास डग्मगाएको छ । प्रहरी आज, सुरक्षा निकायको आवश्यकता भातको गाँस खाँदा पनि प्रहरीको आवश्यकता छ । हाम्रो जीवन त्यस्तो भएको छ । घरमा श्रीमान श्रीमतीको झगडामा पनि प्रहरीको आवश्यकता छ । सामाजिक अवस्था यसरी विकास भएको छ । ढिलो गरी विधेयक आयो तर आएकोमा राम्रो भएको छ । अब ढिलाइ हुनु हुँदैन । हामी संघीय लोकतान्त्रिक पद्धतिमा प्रवेश गरेका छौँ । संघीयताको आधारमा नचल्ने हो भने अहिलेका बेथिति हट्दैनन् । यि बेथितिहरु सिर्जना भएको यसै कारणले हो ।’

सांसद अधिकारीले कानूनको अभावले प्रहरी निकाय नै चेपुवामा परेको बताउनु भयो । जनतामा विश्वास पैदा गराउनु आवश्यक रहेको बताउनु भयो ।